जाजरकोटी सम्पदाको संरक्षणमा युवा विद्यार्थीलाइ सक्रिय बनाइने

प्रवाह संवाददाता । जाजरकोट
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको चौथो साधारण सभाले जिल्लाको मौलिक कला र सँस्कृति सहितका सम्पदाहरुको संरक्षणमा युवा विद्यार्थीहरुलाइ सक्रिय वनाउने निर्णय गरेको छ । नयाँ पुस्ताले चासो र सक्रियता नदेखाए सम्म हाम्रो मौलिक कला सँस्कृति र सम्पदाहरुको अर्थपुर्ण संरक्षण हुन नसक्ने भन्दै प्रतिष्ठानले यस्तो निर्णय गरेको हो ।

सदरमुकाम खलंगामा आज सम्पन्न प्रतिष्ठानको साधारण सभाले विभिन्न प्रस्तावहरु पारित गर्ने क्रममा स्थानीय सम्पदा र सँस्कृतिहरुको दिगो जगेर्नाका लागि नयाँ पुस्तालाइ सक्रियतापुर्वक परिचालन गर्ने गरेको उपाध्यक्ष खम्वजंग शाहले वताए ।
उपाध्यक्ष शाहका अनुसार साधारण सभाले अध्यक्ष जनक के.सी.ले प्रस्तुत गरेको भावी कार्यक्रम सहितको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष शोभा सिंहले प्रस्तुत गरेको गत आर्थिक वर्षको आयव्यय विवरण सहितको आगामी वर्षको वजेट कार्यक्रमलाइ सर्वसम्मत रुपमा पारित गरेको छ । साधारण सभामा अध्यक्ष केसीले जाजरकोट दरवार संग्राहलयको स्थापना, प्रतिष्ठानको आफनै भवन निर्माण, भेरी नगरपालिकाको भेरेमा सनातन वस्ती निर्माण, जाजरकोटी सम्पदाहरुको उचित प्रचार प्रसार, प्रतिष्ठानको वार्षिक उत्सवलाइ युवा विद्यार्थीहरुको सहभागितामा मौलिक कला सँस्कृति मेला वनाउने, जिल्लाको इतिहासको चिनारी गराउने ऐतिहासिक तथा पुरातात्विक वस्तुहरु लगाएतका सामाग्रीहरुको संकलन गर्ने लगाएतका कार्यक्रमहरु प्रस्ताव गरेका छन् भने कोषाध्यक्ष सिंहले गत वर्षको १४ लाख ३६ हजारको आय व्यय विवरण सहित आ.व. २०८२,८३ को लागि १८ लाख वढीको वजेट तथा कार्यक्रम प्रस्ताव गरेकी छन् । दुवै जनाले पेस गरेको प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएका छन् । सम्पन्न उक्त साधारण सभाले गत वर्षको आय व्यय विवरण अनुमोदन गर्नुका साथै आगामी वर्षका लागि वजेट तथा कार्यक्रम समेत प्रस्ताव गरेको छ ।

अध्यक्ष जनक केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभामा शुभकामना दिने विभिन्न व्यक्तिहरुले जिल्लाको कला सँस्कृति र सम्पदा संरक्षणको कार्यमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले प्रशंसनीय भुमिका निर्वाह गरिरहेको वताए । साधारण सभाको उद्घाटन सत्रमा वोल्दै जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीवहादुर खत्रीले प्रतिष्ठानले जिल्लाको कला सँस्कृति र सम्पदा संरक्षणको सवालमा चलाएको अभियानमा सवैले साथ दिनु पर्ने वताए । उनले आफु प्रतिष्ठानको अभियानको सधैं पक्षमा रहेको भन्दै जाजरकोटको लागि केहि गर्नु पर्छ भन्ने प्रतिष्ठानको अभियान र सोच सवैका लागि प्रेरणादायी रहेको वताए । यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता अमरसिंह राठौरले जिल्लामा अरुले चलाउन नसकेको अभियान प्रतिष्ठानले चलाएर राम्रो काम गरेको वताए । नेता राठौरले प्रतिष्ठानको अभियानमा सवै दल र पक्षले पुरा साथ दिनु पर्ने वताए । राप्रपाका नेता प्रवेशविक्रम शाहले जिल्लामा सरकारले गर्नु पर्ने काम जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गरिदिएको वताए ।

bhumi-sanrakshyan

प्रतिष्ठानलाइ सवैले साथ सहयोग गरेर यसको अभियानलाइ अझै सशक्त वनाउनु पर्ने नेता शाहको भनाइ छ । गैरसकारी सस्था महासंघ जाजरकोटका अध्यक्ष सहदेव वस्नेतले छोटो समयमा पनि प्रतिष्ठानले आफुलाइ स्थापित सस्थाको रुपमा उभ्याउन सफल भएको वताए । उनले आफनो उद्देस्य अनुसारका गतिविधिहरुलाइ निकै प्रभावकारी रुपमा सन्चालन गरेर जिल्लाको लागि उदाहरणीय कार्य गरेको वताए । नेपाल प्रेस युनियनका अध्यक्ष वासुदेव शर्माले जिल्लामा कला सँस्कृति र सम्पदा संरक्षणको सवालमा प्रतिष्ठानले गरेको कार्य सवैका लागि प्रेरणादायी रहेको वताए । उनले सवैको साथ र सहयोग प्रतिष्ठानका लागि जरुरी रहेको उनले वताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष केसीले जाजरकोटी इतिहास मौलिकता र पहिचानलाइ जिल्ला भित्र र वाहिर उजागर गर्ने प्रतिष्ठानको उद्देस्य भएकोले सवैको साथ र सहयोग जरुरी रहेको वताए । उनले आफनो गाँउ ठाँउ र माटोको लागि केहि न केहि गर्नु पर्छ भन्ने सोच राखेर आफुहरु प्रतिष्ठानमा आवद्ध भएको वताए ।२०७८ माघ १२ गते स्थापना भएको प्रतिष्ठानले आफनो चार वर्षे अवधिमा जाजरकोटी इतिहासको प्रसार एवम कला सँस्कृतिको संरक्षणमा महत्वपुर्ण ढंगले काम गरेको सर्व साधारणको प्रतिक्रिया छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya