अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

राजेन्द्र कार्की
जाजरकोट, असोज २३ गते । जाजरकोटको कुशे गाउँपालिकामा अरिङ्गालको टोकाई वाट दुई बालिकाको मृत्यू भएको छ । कुशे गाउँपालिका १ धाउनीका बीर वहादुर सिंहका दुई छोरीको अरिङ्गालको टोकाई वाट मृत्यु भएको हो ।

अरिङ्गालको टोकाइवाट घाइते भएका ४ वर्षिया सुस्मिता सिंहको उपचारको लागि छेडागाड नगरपालिकाको थलह वजारमा लिदै गर्दा बाटोमै मृत्यू भएको हो भने एक बर्षिया निरञ्जना सिंहको टालेगाउँ स्वास्यचौकीमा उपचारको क्रममा मृत्यू भएको स्वास्थ्यचौकी टालेगाउँका इन्चार्ज शेर वहादुर बस्नेतले जानकारी दिए । बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंह समेत गम्भीर घाइते भएको समेत इन्चार्ज बस्नेतले बताए । उनको उपचार भैरहेको छ । घर नजिकै गोठालो गएको बेला सोमवार उनीहरुलाई दर्जनौको अरिङालले टोकेका थिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya