‘बुढो हुँदा सम्म राजनिति गर्दिन, म यस पटक चुनाव लड्छु’ काँग्रेस नेता शाह

प्रवाह संवाददाता । जाजरकोट

नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव विक्रम शाहले आफु बुढो हुँदा सम्म राजनिति नगर्ने बताएका छन् । उनले अवको १० बर्ष सम्म सक्रिय राजनिति गरेर त्यसपछि विश्राम लिने बताए । नेपाल प्रेस युनियन जाजरकोट शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै शाहले आफु १० बर्ष जाजरकोटको समृद्धिका लागि सक्रिय राजनिति गर्ने बताएका छन् ।

‘म बुढो हुँदा सम्म पदका लागि मरिहत्ते गर्दिन । उमेर छदै राजनिति मार्फत सेवा गर्छु । जाजरकोटको विकासका लागि पहल गर्छु । चुनाव पनि लड्छु । त्यसपछि युवा साथीहरुलाई सहयोग गर्छु ।’ उनले भने आगामी मंसिर ४ हुने प्रतिनिधी सभाको निर्वाचनमा म गठबन्धनको तर्फबाट उम्मेदवार हुन्छु । सवै साथीहरुले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

bhumi-sanrakshyan

पार्टीको निर्देशन सधै पालन गर्ने बताउँदै केन्द्रिय सदस्य शाहले जाजरकोटमा चुनाव जित्नका लागि पनि संघिय संसदको एक सिटमा नेपाली काँग्रेसको भाग पर्नु पर्ने बताए । संघिय संसदको एक सिटमा जनभावना विपरित माओवादी केन्द्रले भाग लिन खोजे चुनाव जिताउन गाह्रो पर्ने उनको भनाई छ । जसरी स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रको भागमा परेका भेरी र जुनीचाँदेमा जिताउन सकिएन त्यस्तै समस्या हुने भएकोले समयमै जनभावनाको कदर गरेर संघ र प्रदेशको एक सिट काँग्रेसलाई दिन आग्रह गरे । उनले कार्यकर्तालाई चुनावको लागि तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् । केन्द्रिय सदस्य शाहले पत्रकारहरुको विकासका लागि नेपाल प्रेस युनियानलाई बार्षिक रुपमा पाँच लाख रुपैया सहयोग गर्ने घोषणा गरेका छन् ।


नेपाली काँग्रेस कर्णाली प्रदेश समितिका उपसभापति सनतकुमार कार्कीले पत्रकारहरुलाई खोजमुलक समाचार लेख्न र भष्ट्राचारका विषयमा पनि कलम चलाउन आग्रह गरे । जिल्लामा धेरै विकृति विसंगतिहरु मौलाउँदै गएका छन् त्यसतर्फ पनि पत्रकारहरुले कलम चलाउने पर्ने उनको भनाई छ ।

नेपाली काँग्रेस जाजरकोटका पार्टी सभापति वेदराज सिंहले जाजरकोटको पत्रकारीताको विकासका लागि पार्टीले सक्दो सहयोग गर्ने बताए । लोकतन्त्रको रक्षा र विकासका लागि पनिन प्रेसको महत्वपुर्ण भुमिका रहने बताउँदै सभापति सिंहले जनमतका आधारमा पनि पहिलो पार्टी नेपाली काँग्रेस भएकोले संघिय संसदको एक सिट नेपाली काँग्रेसको भागमा पर्नु पर्ने बताए । संघिय संसदको कोटा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसको भागमा परे मात्र जित निकाल्न सहज हुने उनको तर्क छ । नेपाली काँग्रेसले संघिय संसदको एक सिट र प्रदेश सभाको एक सिट माग गरेको छ । आम कार्यकर्ता जनताको भावना अनुसार नै आफुले टिकट र भागबन्डाका लागि पहल गर्ने सभापति सिंहले बताए ।

कार्यक्रममा हालै हेटौडामा सम्पन्न नेपाल प्रेस युनियनको नवौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय उपाध्यक्षमा निर्वाचित राजेन्द्र कार्की र केन्द्रिय सदस्यमा निर्वाचित जनक केसीलाई बधाई तथा सम्मान गरिएको थियो । खादा, सम्मान पत्र र अविर लगाएर नेताहरुले सम्मान गरेका थिए । प्रेस युनियनका अध्यक्ष बालकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारिता गर्दा गदै राजनितिमा होमिएर वडाध्यक्षमा निर्वाचित बद्री पन्त र हालै एमाले परित्याग गरेर काँग्रेसमा प्रवेश गरेका नगेन्द्र शाहलाई पनि सम्मान गरिएको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya