April 28 - 2024, Sunday१५ बैशाख २०८१, शनिबार

अमेरिकी राजदुत थम्पसन भुकम्प प्रभावित क्षेत्रमा

राजेन्द्र कार्की । जाजरकोट

अमेरिकी राजदुत डीन आर थम्पसनले भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेका छन् । भुकम्प प्रभावितहरुको अवस्था बारे स्थलगत अवलोकनका लागि अमेरिकी राजदुत थम्पसन जाजरकोट र रुकुम पश्चिम आएका हुन् । युस एडको सहयोगमा भुकम्प प्रभावित क्षेत्रमा संचालित कार्यक्रमबारे अबलोकन गर्न र पिडितहरुको वर्तमान अवस्था बारे जानकारी लिन आएका राजदुत थम्पसन बुधवार र विहिवार दुई जिल्लाका विभिन्न कार्यक्रममा ब्यस्त रहे । राजदुत थम्पसनले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार सँग भुकम्प पिडितहरुको अवस्था, अस्थायी आवास, पुर्ननिर्माण लगायतका विषयमा चासो राखेका थिए । आफुले हाल सम्म भएका कार्यको बारेमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए ।

राजदुतले विहिवार भेरी नगरपालिकाको वडा नम्बर १ रावतगाँउमा भुकम्प प्रभावितहरुको अवस्थाबारे स्थलगत अवलोकन गरेका थिए । मृतकका परिवार र अन्य पिडित परिवारको अवस्थाबारे जानकारी लिएका थिए । उनीहरुले पुर्ननिर्माणमा सहयोग गरिदिन राजदुत सँग आग्रह गरेका थिए । वडाध्यक्ष सँग पनि पुर्ननिर्माणका सम्बन्धमा भैरहेका गतिविधिबारे चासो लिएका थिए । त्यस्तै भेरी नगरपालिकाका जनप्रतिनिधी सँग भुकम्प प्रभावितहरुको पुर्ननिर्माण र हाल सम्म भएका कामका बारेमा चासो राखेका थिए । भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले भेरी नगरपालिका भित्र भुकम्प प्रभावितहरुको अस्थायी आवासको काम, पिडितहरुको अवस्था र पुर्ननिर्माणका सम्बन्धमा राजदुतलाई जानकारी गराएका थिए । त्यस्तै बुधवार नलगाड नगरपालिकाको वडा नम्बर १ चिउरी गाँउ पुगेर पिडितहरुको अवस्थाबारे जानकारी लिएका थिए । त्यसपछि नलगाड नगरपालिकाका नगरप्रमुख लगायतका जनप्रतिधि सँग भुकम्प पिडितहरुका लागि भैरहेको कामका बारेमा चासो लिएका थिए ।

आगामी दिनमा उनीहरुका लागि गर्न सकिने सहयोगका बारेमा समेत जानकारी लिएको नगरप्रमुख डम्बर रावतले बताए । राजदुत थम्पसनले भुकम्प पिडितहरुको स्वास्थ्य अवस्थाबारे स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतिक्षा भारती सँग जानकारी लिएका थिए । राजदुत थम्पसनले सुत्केरी, गर्भवति, बालबालिका र अपाङ्गको स्वास्थ्य अवस्थाबारे चासो राखेको डा. भारतीले बताईन ।

राजदुत थम्पसनले रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १४ का भुकम्प पडितको अवस्थाबारे पनि जानकारी लिएका थिए । युएस एड अन्र्तगतको सेभ द चिल्ड्रेनको सहयोगमा जाजरकोट र रुुकम पश्चिममा पाँचतारा युवा संरक्षक मन्च र पहाडी क्षेत्रविकास अभियान मार्फत भुकम्प प्रभावितहरुका लागि विभिन्न कार्यक्रम संचालन भैरहेका छन् । युएस एड अन्र्तगत भैरहेको सहयोग कार्यक्रमहरुको स्थालगत अवलोकन गरेर राजदुत थम्पसन विहिवार नै फर्किएका छन् । राजदुतको भ्रमणले भुकम्प प्रभावितहरुका लागि पुर्ननिर्माणका कार्यमा थप सहयोग प्राप्त हुने पहाडी क्षेत्र विकास अभियानका कार्यकारी निर्देशक रणबहादुर कार्कीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad