April 14 - 2024, Sunday२ बैशाख २०८१, आईतवार

प्रभु बैकका एक कर्मचारीले गरे बचतकर्ताको एक करोड ३५ लाख हिनामिना

प्रवाह संवाददाता । जाजरकोट
रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९ राडी बजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले बचतकर्ताको एक करोड ३५ लाख रुपियाँ हिनामिना गरेको भेटिएको छ ।
प्रभु बैंक बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निरजबिक्रम शाह (निराजन) ले बचतकर्ताको करोडौ रुपियाँ हिनामिना गरेको गुनासो पछि बैंकले आन्तरिक छानबिन थालेको छ । झुठ्ठा विवरण र खातावालाको जानकारी बिनै बैंकमा जम्मा गरेको रकम अपचलन गरेको पाईएको छ । रकम निकालेको आरोप लागेका कर्मचारी शाह सम्पर्क विहिन भएका छन् ।
बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले यस घटनाको प्रारम्भिक छानबिन गरेर आरोपी कर्मचारी बिरुद्ध मुद्धा चलाउने तयारी गरेको छ । प्रारम्भिक छानबिनपछि जिल्ला प्रहरी कार्यालयमा आएको उक्त टोलीले इन्चार्ज शाहले करिब एक करोड ३५ लाख रुपियाँ हिनामिना गरेको निष्कर्ष सहित प्रहरीलाई जानकारी दिएको छ । मुद्धाको प्रकृति अनुसार जिल्लामा उक्त मुद्धा नचल्ने भएपछि उच्च अदालतमा जाने निश्कर्षका साथ बैंकको टोली गएको प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार खातावालाको रकम आफु अनुकुल निकाल्ने, अपचलन गर्ने गरेको प्रारम्भिक छानबिनमा देखिएको छ । खातामा जम्मा गर्न आएकाहरुको ठुलो रकम अहिले बैंकको सिस्टमले काम नगरेको, भिडभाड भएको लगायतका बहाना बनाउँदै पछि गर्दिन्छु भनेर फर्काउने तर आफूले प्रयोग गर्ने गरेको समेत बताईएको छ ।
प्रबन्धक गौतमका अनुसार आफू बिदामा बसेको बेला शाहले आफ्नै आईडिबाट विभिन्न व्यक्तिको खाताको रकम ट्रान्सफर गरेको र यस अघि विभिन्न व्यक्तिहरुको रकम खातामा जम्मा गरिदिन्छु भन्दै जम्मा नगरिदिएको पाईन्छ । विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनि पैसा दिएका नजिकका आफन्तहरु पनि अहिले बैंककै कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्ने गरेका छन् ।
बैंकको आन्तरिक छानबिन टोलीले शाखामा कार्यरत सबै कर्मचारीहरुलाई कारबाहिको प्रक्रियामा लिएको छ । उक्त शाखामा कार्यरत नौ जना कर्मचारीहरुलाई निलम्बन गरेर पाँच जना नयाँ कर्मचारीको टोली खटाएको शाखा प्रबन्धक डम्बर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अप्रेशन इन्चार्ज शाहले तोकिएको जिम्मेवारीको दुरुपयोग गरेर व्यक्तिगत र सरकारी निकाय समेतको रकम हिनामिना गरेको पाईएको छ ।
शाखा प्रबन्धक गौतमका अनुसार आफू बिदामा बसेको बेला शाहले आफ्नै आईडिबाट विभिन्न व्यक्तिको खाताको ट्रान्सफर गरेको र यस अघि विभिन्न व्यक्तिहरुको रकम खातामा जम्मा गरिदिन्छु भन्दै जम्मा नगरिदिएको पाईन्छ । विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनि पैसा दिएका नजिकका आफन्तहरु पनि अहिले बैंकको कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्ने गरेका छन् ।
पीडितहरुले दिएको जानकारी अनुसार शाहले आठविसकोट नगरपालिका –१३ का शंकर पुनको खाताबाट १० लाख, वडा नम्वर ११ का नरेन्द्र बस्नेतको खाताबाट आठ लाख रुपियाँ अन्यत्रै ट्रान्सफर गरेको पाईएको छ । यसका साथै वडा नम्वर १० का एक जनप्रतिनिधिले आफ्नो छोरीले जम्मा गरिदिनु भनेर दिएको नौ लाख रुपियाँ इन्चार्ज शाहले जम्मा नगरेर हिनामिना गरेको पाईएको छ ।
बैकका आरोपित कर्मचारी शाहले उपचारको लागि भन्दै एक हप्ता पहिला बिदाका लागि निवेदन दिएको तर स्विकृत नभएपछि सम्पर्क विहिन भएको शाखा प्रबन्धक गौतमले जानकारी दिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad