हिमपात र बर्षापछि बढेको चिसोले भुकम्प पिडितलाई थप सास्ती

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
विहिवार विहानै देखि भुकम्प प्रभावित जाजरकोटमा हिमपात र हिउँदे बर्षा भैरहेको छ । लामो समय पछि परेको हिमपात र पानीले खेतीबाली सप्रने भएकोले स्थानिय किसानहरु खुसी भएपनि भुकम्प पछि त्रिपालमा बस्दै आएका भुकम्प पिडित भने समस्यामा परेका छन् । उनीहरुलाई चिसोले गर्दा थप सास्ती भएको छ ।

जाजरकोटका बारेकोट, जुनीचाँदे र कुशे गाँउपालिकाका अधिकांश भुभागमा हिमपात भएको छ भने भेरी नगरपालिकाको मछाइना र पाँचकाटिया क्षेत्र, नलगाडको जुरेली, खालचौर, चाउलेचौर क्षेत्र, छेडागाडको दशेरा, पजारु लगायतका क्षेत्रमा हिमपात भएको छ । अन्य भागमा पानी परेको छ । हिमपात र हिउँदे बर्षाले भुकम्प पिडितलाई थप सास्ती हुने भेरी नगरपालिका २ का नरजीत बुढाले बताए । उनका अनुसार लामो समयको खडेरी पछि भएको हिमपात र बर्षातले स्थानिय किसानहरु खुसी भएपनि चिसोले सताउने भन्दै चिन्तित भएका छन् । यहाँका अधिकांश बासिन्दा कृषि पेशामा आश्रित छन् । सिंचाईको सुविधा छैन । हिउँदे बाली आकाशे पानीको भरमा लगाउने गरेका छन् । यसपाली लामो समय सम्म पानी नपर्दा कतिपयको गहँु, जौ, मसुरो, चना लगायतका हिउँदे बाली उम्रिने नै समस्या भयो । उम्रिएको बाली पनि सुक्ने अवस्थामा थियो ।


हिमपात र पानी परेपछि ढिलै भएपनि निकै राहत भएको नलगाड नगरपालिका ४ का टोपबहादुर पन्तले बताए । एकातिर खुसी छौ अर्कोतिर चिसो कसरी थेग्ने भन्ने चिन्ताले सताईरहेको छ उनले भने त्रिपालमा बस्दै आएको भुकम्प पिडित धेरै परिवारको पानी र हिमपातले विजोग बनाएको छ । बालबालिका, जेष्ठ नागरिक, सुत्केरी, गर्भवति, अपांग लगायतका जोखिम समुहमा रहेका नागरिकहरुलाई निकै सास्ती भएको उनको भनाई छ । चिसोका कारण मानिसहरु घरबाहिर निस्कन सकिरहेका छैनन् । विद्यालय खुल्न सकेका छैनन् । कतिपय ठाँउमा धारमा पानी समेत जमेको छ । हिमपातले जनजीवन कष्टकर भएको पन्तको भनाई छ ।

जाजरकोटमा भुकम्पपछि हजारौ परिवार त्रिपालमा बस्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार ४२ हजार लाभग्राही कायम भएकोमा हाल सम्म १६ हजार परिवारले मात्र अस्थायी आवास बनाएका छन् । तीस हजार परिवारले पहिलो किस्ताको रकम पाएका छन् । १२ हजार परिवारले अझै पहिलो किस्ताको रकम पाउन बाँकी छ भने अझै २६ हजार अस्थायी आवास बन्न बाँकी छ । ति परिवार अहिले पनि त्रिपालमा बस्दै आएका छन् । त्रिपालमा बस्दै आएका परिवारलाई हिउँदे बर्षा र हिमपातपछि थप सास्ती र जोखिम बढेको पिडितको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad