April 28 - 2024, Sunday१५ बैशाख २०८१, शनिबार

भुकम्प प्रभावित सुत्केरी र गर्भवतिलाई संयुक्त राष्ट्र जनसंख्या कोषको सहयोग

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको जुनीचाँदे गाँउपालिका ५ गर्खाकोटकी मनिसा रावत एक महिनाकी सुत्केरी हुन् । भुकम्प पछि त्रिपालको बसाईका कारण उनलाई चिसोले सताईरहेका बेला चिसोको बेला प्रयोग गर्ने खालका न्यानो कपडा सहितको किट पाएपछि उनलाई केही राहत महसुस भएको छ । सुत्केरीले लगाउने ज्याकेट, जुत्ता, चप्पल, ट्राउजर र ओढ्न मिल्ने ब्लाइकेट पछ्यौरा, म्याट लगायतका सामग्री पाएपछि मनिसा जस्तै धेरै सुत्केरी र गर्भवतिहरु खुसी भएका छन् ।

संयुक्त राष्ट्र जनसंख्या कोष(युएनएफपीए)ले भुकम्प प्रभावित नौ हजार सुत्केरी र गर्भवतिका लागि न्यानो ज्याकेट, ब्लाइकेट, म्याट, ट्राउजर, पछ्यौरा, मोजा, चप्पल, धोती, म्याक्सी दैनिक प्रयोगका लागि चाहिने अत्यावश्यक सामग्री सहितको डिगनिटी किट र उइन्टर किट वितरण गरेपछि भुकम्प प्रभावित सुत्केरी, गर्भवति र अपाङ्ग महिलालाई धेरै राहत भएको छ ।
भुकम्पपछि घरमा क्षति पुगेपछि चिसोका कारण धेरै सुत्केरी, गर्भवति र अपाङ्ग महिला विरामी पर्न थालेको र कतिपयको ज्यानै जान थालेपछि रेडक्रस सँगको सहकार्यमा अष्टे«लियन एडको सहयोगमा युनएफपीएले २ हजार ८ सय थान उइन्टर किट र ६ हजार २ सय डिगनिटी किट वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी जाजरकोटका सभापति हरिबहादुर बस्नेतले बताए । उनका अनुसार ३ हजार थान किशोरी किट समेत वितरण गरिएको छ । सुत्केरी गराउँदा आवश्यक पर्ने सामग्री सहितका आरएच किट जिल्ला अस्पताललाई प्रदान गरिएको छ । त्यस्तै छेडागाड तथा नलगाडमा विशेष खालको टेन्ट उपलब्ध गराईएको छ । ६ महिना देखि माथिका गर्भवति र ४५ दिन भित्रका सुत्केरीलाई उइन्टर किट तथा ६ महिना भित्रका सुत्केरी, ३ महिना पछिका गर्भवति, अपाङ्ग महिला र बृद्धा महिलालाई डिगनिटी किट वितरण गरिएको हो ।

विपदको बेला सुत्केरी, गर्भवति, किशोरी, अपाङ्ग महिला र बृद्ध महिला बढी समस्यामा पर्ने, चिसोले सताउने भएकोले युएनएफपीएले उनीहरुको जीवन रक्षाका लागि न्यानो कपडा सहितको किट वितरण गरेको युएनएफपीएका हरि कार्कीले बताए । गर्भवति, सुत्केरी र बृद्धा महिलाहरु विरामी परेको र केहीको ज्यानै गएको दुःखद घटना फेरी पनि नदोहरिउन भनेर रेडक्रस सँगको सहकार्यमा जोखिम समुहमा रहेका महिलाहरुलाई न्यानो कपडा सहितको अत्यावश्यक किट सहयोग गरिएको उनले बताए । जोखिम समुहका लागि अत्यावश्यक किट वितरण पछि चिसोकै कारण विरामी हुने दर र मृत्युदर रोकिने कार्कीको विश्वास छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad