April 14 - 2024, Sunday२ बैशाख २०८१, आईतवार

अस्थायी आवासका लागि ५० करोड मागेको ११ दिन सम्म पनि आएन

सुरेश सुनार । जाजरकोट
जाजरकोटको रामीडाँडालाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले जाजरकोटमा मात्र १०१ जनाको ज्यान गयो । भुकम्पले घरमा क्षति पुुगेपछि करीब ३५ हजार परिवार त्रिपालमा बस्न बाध्य भए । त्रिपालमा बसेका परिवारलाई अस्थायी आवासमा सार्ने योजना अनुरुप सरकारले प्रति परिवार ५० हजार दिने निर्णय गर्यो । पहिलो किस्ता स्वरुप प्रति परिवार २५ हजार दरले ५० करोड ९८ लाख ७५ हजार रुपैया जाजरकोटका ५ ओटा स्थानिय विपद ब्यवस्थापन समितिको खातामा पठायौ ।

अस्थायी आवास निर्माण कार्यविधि २०८० अनुसार पिडितले स्वघोषणा सहितको निवेदन दिएर सम्झौता गरेपछि मात्र लाभग्राहीको खातामा रकम दिने ब्यवस्था छ । तर पालिकाले सुरुमा निवेदन नलिएरै लाभग्राही कायम गरेर रकम लिएका कारण फेरी निवेदन र फारम भर्न लगाउँदा ढिलाई भएको हो । सुरुमा लाभग्राही कायम गरि माग गरेका जिल्लाका शिवालय, छेडागाड, बारेकोट, कुशे र भेरीले निकासा लिएको रकम मध्य हाल सम्म ५ करोड ५९ लाख ५० हजार रुपैया लाभग्राहीको खातामा पठाईसकेका छन् ।
अलि ढिलोगरी लाभग्राही कामय गरि रकम माग गरेका नलगाड नगरपालिका र जुनीचाँदे गाँउपालिकाले अहिले सम्म रकम पाउन सकेका छैनन् । पहिलो किस्ताका लागि अपुग करीब ५० करोड रुपैया राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणमा माग गरेको १० दिन विति सक्यो । प्राधिकरणले अर्थ मन्त्रालयमा रकम माग गरेपनि प्राप्त नभएकोले पठाउन नसकेको भन्ने जानकारी पाएका छौ ।

भेरी नगरपालिकाको लाभग्राहीको संख्या आउन बाँकी रहेको र अन्य पालिकाको लाभग्राही कायम गर्ने काम सकिएको छ । रकम आउने वित्तिकै हामी सम्बन्धित पालिकालाई पठाउँछौ । अनुदान पर्खेर मात्र बस्नु भन्दा रकम आउँदा सम्म स्थानिय स्रोत साधन प्रयोग गरेर अस्थायी आवास बनाउन आवश्यक पहल गर्न स्थानिय जनप्रतिनिधीलाई आग्रह गरेका छौ । अहिले सम्म राजनैतिक दलका स्वयमसेवक, संघसंस्था र ब्यक्ति स्वयमले गरी करीब २५ सय अस्थायी आवास बनाएको अनुमान छ । स्थानिय सरकार सुरुमा राहत ब्यवस्थापनमा मात्र लागे । केही नितिगत कुराहरु पनि बुुझ्न सकेनन् । लाभग्राही कायम गर्ने र निवेदन लिने एउटै काम दुई पटक गर्नु पर्यो । त्यही भएर अस्थायी आवास बनाउन ढिलाई भएको हो । अवको एक महिना भित्र अस्थायी आवास निर्माणको काम सक्छौ । त्यसपछि पुर्ननिर्माणमा जानु पर्छ । अहिले पुर्ननिर्माणको प्रक्रियामा जान सकेनौ भने पुर्ननिर्माणमा ढिलाई हुन्छ । त्यसको लागि प्राधिकरणले विस्तृत क्षतिको लेखाजोखा गरेर तत्काल पुर्ननिर्माणको प्रक्रिया अघि बढाउनु पर्छ ।
(जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार सँग गरिएको कुराकानीमा आधारित ।)

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad