April 28 - 2024, Sunday१५ बैशाख २०८१, शनिबार

काँग्रेस नेता प्रदीप पौडेलको नेतृवमा खटिएको टोलीले अस्थायी टहरा निर्माण गर्दै

बासुदेव शर्मा । जाजरकोट
नेपाली काग्रेस नेता प्रदिप पौडेलको नेतृत्वमा जाजरकोटमा भुकम्प प्रभावितका अस्थायी टहरा बनाउन थालिएको छ । नेता पौडेल सहित एक सय ५० जनाको टोलीले नलगाड नगरपालिका ४ र ५ नम्वर वडामा अस्थायी आबास निर्माण गर्न थालेको हो । काँग्रेसको स्वयमसेवक टोलीले सोमवार र मंगलवार गरी ५० अस्थायी टहरा निर्माण गरेको छ ।
काग्रेस केन्द्रिय पार्टीको निर्णय अनुसार नेता पौडेलको नेतृत्वमा ईन्जिनियर दिपक बाबु कडेल सहितको टोलीले नलगाड नगरपालिका ५ रघुनाथटोलमा तिस, सोही वडाको अइरेनीटोलमा बीस गरि पचास वटा अस्थायी टहरा निर्माण गरेको नेता पौडेलले जानकारी दिए ।
गाँस बाँस नपाएर पिडित परिवारलाई जाडो मौसममा न्यायो दिन टहरा निर्माणमा जुटेको छ । दक्ष जनशक्ति सहित प्रभावित क्षेत्र पुगेको एक सय ५० जनाको टोलीले एक सय अस्थायी आवास निर्माणमा सहयोग गर्नेछ । नलगाड नगरपालिका ५ रघुनाथटोलमा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेष पन्छाउने काममा सहयोग गरेको महासमिति सदस्य नेता मुक्ति आचार्यले बताए ।
केन्द्रबाट आएको टोली र स्थानीय नेता कार्यकर्ताले भग्नाबशेष पन्न्छाई अस्थायी आवास निर्माण थालेको हो । काग्रेस केन्द्रिय समितिको बैठकले भुकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागी २५ जनाको टोली खटाएछि सोहि अनुसार ईन्जिनियर सहित डकर्मीको टोली प्रभावित क्षेत्र नेता पौडेलको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहारा निर्माणको कार्य जारी राखेको छ ।
नेता पौडेल नेतृत्वमा खटिएको टोलीले नलगाड नगरपालिका ४ र ५ का घरबास गुमाएका जनताका आवास बनाउने काममा लागिरहेको बताए । जनतालाई चिसो मौसममा न्यानो दिनका लागी नेपालगञ्ज, सुर्खेतबाट ३५ जना डकर्मी सिकर्मी ६ जना ईन्जिनियार ल्याएको र अन्य स्थानिय स्वयमसेवक परिचालन गरि काम गरिरहेको नेता पौडेलले बताए । उनले केही दिनमै एक हजार अस्थायी टहरा बनाउने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad