May 21 - 2024, Tuesday७ जेष्ठ २०८१, सोमबार

जाजरकोटको जनसंख्या बृद्धिदर ०.९६ प्रतिशत मात्र

राजेन्द्र विक्रम शाह । जाजरकोट

जाजरकोट जिल्लाको जनसंख्या बृद्धिदर ०.९६ प्रतिशत मात्र रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जाजरकोटको जनसंख्या बृद्धिदर एक प्रतिशत भन्दा कम ०.९६ प्रतिशत मात्र रहेको छ । २०६८ सालको जनगणना अनुसार जाजरकोटको जनसंख्या बृद्धिदर २.३९ थियो । दश बर्षको अवधीमा जनसंख्या बृद्धिदरमा भारी गिरावट आएको हो । जिल्लाको जनसंख्या सम्बन्धी अन्य सुचकहरु तपशिलमा उल्लेख भए अनुसार रहेका छन् ।

१. घरधूरी
१.१ जाजरकोट जिल्लाको कूल परिवार संख्या ३७,४६६
१.२ परिवार संख्या सवै भन्दा वढी भएको स्थानीय तह भेरी नगरपालिका ८८७४
१.३ परिवार संख्या सवै भन्दा कम भएको स्थानीय तह शिवालय गाउंपालिका २८०६

२ जनसंख्या
२.१ कूल जनसंख्या १,८९,३६०
२.२ कूल पुरुष संख्या ९४,०६३
२.३ कूल महिला संख्या ९५,२९७
२.४ पुरुष र महिलाको जनसंख्या वीच अन्तर महिलाको संख्या १,२३४ वढी
२.५ पुरुषको जनसंख्या वढी भएका स्थानीय तह नलगाड नगरपालिका र वारेकोट गाउंपालिका २.६ महिलाको जनसंख्या वढी भएका स्थानीय तह कुशे, जुनीचांदे र शिवालय गाउंपालिका तथा छेडागाड र भेरी नगरपालिका
२.७ पुरुषको जनसंख्या वढी भएका वडा संख्या २५
२.८ महिलाको जनसंख्या वढी भएका वडा संख्या ५१
पुरुष र महिलाको जनसंख्या वरावर भएका वडा संख्या १

३. लैंगिक अनुपात
३.१ जाजरकोट जिल्लाको कूल लैंगिक अनुपात ९८.७१
३.१ लैंगिक अनुपातमा असमानता वढी रहेको स्थानीय तह भेरी नगरपालिका ९४.१६ प्रतिशत
३.२ लैंगिक अनुपातमा असमानता कम रहेको स्थानीय तह कुशे गाउंपालिका ९९.५५ प्रतिशत
३.३ लैंगिक अनुपातमा असमानता वढी भएको वडा नलगाड १० मा लैंगिक अनुपात ८६.१३ ३.४ लैंगिक अनुपातमा असमानता नरहेको वडा नलगाड ६ मा लैंगिक अनुपात १००.००

४. जन संख्या वृद्धि दर
४.१ जाजरकोट जिल्लाको जन संख्या वृद्धि दर ०.९६ प्रतिशत
४.२ जाजरकोट जिल्लामा वार्षिक जनसंख्या वृद्धि दर वढी भएको स्थानीय तह वारेकोट गाउंपालिका १.८८ प्रतिशत ४.३
४.३ जाजरकोट जिल्लामा वार्षिक जनसंख्या वृद्धि दर कम भएको स्थानीय तह
शिवालय गाउंपालिका (०.३१ प्रतिशत
५. परिवारको औषत आकार
५.१ जाजरकोट जिल्लाको प्रति परिवार औषत आकार ५.०५ जना
५.२ प्रति परिवार औषत आकार वढी भएको स्थानीय तह वारेकोट गाउंपालिका ५.६६ जना
५.३ प्रति परिवार औषत आकार कम भएको स्थानीय तह भेरी नगरपालिका ४.१९ जना
५.४ परिवारको औषत आकार सवै भन्दा वढी भएको वडा वारेकोट गाउंपालिका वडा नंवर ३ मा ६.२२ ५.५ परिवारको औषत आकार सवै भन्दा कम भएको वडा भेरी नगरपालिका वडा नंवर १३ मा ३.५१

६. साक्षरता
६.१ जम्मा साक्षरता दर प्रतिशतमा ७५.५०
६.२ पुरुष साक्षरता दर प्रतिशतमा ८१.३०
६.३ महिला साक्षरता दर प्रतिशत ६९.८१
६.४ जम्मा साक्षरता दर वढी भएको स्थानीय तह वारेकोट गाउंपालिका ७८.६२ प्रतिशत
६.५ जम्मा साक्षरता दर कम भएको स्थानीय तह जुनीचांदे गाउंपालिका ७२.९७ प्रतिशत
६.६ पुरुष साक्षरता दर वढी भएको स्थानीय तह शिवालय गाउंपालिका ८४.९८ प्रतिशत
६.७ पुरुष साक्षरता दर कम भएको स्थानीय तह जुनीचांदे गाउंपालिका ७७.७६ प्रतिशत
६.८ महिला साक्षरता दर वढी भएको स्थानीय तह वारेकोट गाउंपालिका ७२.८२ प्रतिशत
६.९ महिला साक्षरता दर कम भएको स्थानीय तह नलगाड नगरपालिका ६७.०७ प्रतिशत
६.१० कूल साक्षरता दर वढी भएको वडा भेरी ३ — ८७.४२ प्रतिशत
६.११ कूल साक्षरता दर कम भएको वडा भेरी १३ — ६३.९८ प्रतिशत
६.१२ पुरुष साक्षरता दर वढी भएको वडा भेरी ३ — ९४.०४ प्रतिशत
६.१३ पुरुष साक्षरता दर कम भएको वडा भेरी १३ — ७१.३३ प्रतिशत
६.१४ महिला साक्षरता दर वढी भएको वडा भेरी ३ — ८०.९२ प्रतिशत
६.१५ महिला साक्षरता दर कम भएको वडा नलगाड १३ — ५६.८६ प्रतिशत

७. जनघनत्व
७.१ जाजरकोट जिल्लाको जनघनत्व प्रति वर्ग कि.मी. ८५
७.२ जनघनत्व प्रति वर्ग कि.मी.वढी भएको स्थानीय तह भेरी नगरपालिका १७२ जना
७.३ जनघनत्व प्रति वर्ग कि.मी.कम भएको स्थानीय तह वारेकोट गाउंपालिका ३८ जना

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad