May 20 - 2024, Monday७ जेष्ठ २०८१, सोमबार

भेरीका किसानलाई मौरी गोला सहितका आधुनिक घार वितरण

हेमन्तकुमार खत्री । जाजरकोट
जाजरकोट भेरी नगरपालिकाका किसानहरुलाई मौरी गोला सहित आधुनिक माहुरीघार वितरण गरिएको छ । खलङ्गा साना किसान सहकारी संस्था लिमीटेडले इलम परियोजना हेल्भेटास नेपालको आर्थिक सहयोगमा सन्चालीत महिला उद्यमशिलता विकास तथा रोजगारी सिर्जना कार्यक्रम अन्र्तगत मौरी गोला सहितका घार वितरण गरिएको हो ।

भेरी नगरपालिका वडा नं १ र २ का ३० जना मौरीपालक किसानहरुका लागि ९० थान माहुरी गोला सहितका आधुनिक घार लगायतका सामाग्रीहरु वितरन गरिएको खलङ्गा साना किसान सहकारी संस्था लिमीटेडका अध्यक्ष यगुमाया कार्कीले बताईन । १२ हजार रुपियाँ पर्ने उक्त गोलासहितको घार ७५ प्रतिशत संस्थाको र २५ प्रतिशत कृषकले व्यहोर्ने गरि वितरण गरिएको अध्यक्षक कार्कीले बताईन ।

केहि दिन अगाडि ति कृषकहरुलाई मौरीपालन सम्वन्धि एक हप्ते तालिम समेत प्रदान गरिएको थियो । गोला सहितका घार पाएपछि खुसी हुँदै कृषक मन वहादुर रानाले आफुहरु व्यवशायिक माहुरीपालनमा लाग्ने बताए ।
समुदायमै पुगेर मौरी घार वितरण गरिएको हो । घार वितरण गदै जिल्ला समन्वय समितिका उप प्रमुख दल बहादुर सिंहले माहुरीपालनका लागि निकै उपयुक्त मानिएको यस स्थानमा प्राप्त सहयोगले किसानहरुलाई आयआर्जनमा टेवा पुग्न विश्वास व्यक्त गरे ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad