April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

यसरी भयो छेडागाड–४ बालमैत्री वडा

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको छेडागाड नगरपालिकाको वडा नम्बर ४ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक पूरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको हो । बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि एक कार्यक्रमका विच जिल्ला समन्वय समिति जाजरकोटका संयोजक कालीबहादुर खत्रीले बालमैत्री वडा घोषणा गरेका हुन् ।

बालमैत्री वडा निर्माणको लागि वडाले सबै सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको नगर प्रमुख रत्न बहादुर खड्काले बताए । ५१ ओटा सुचक अन्तर्गत ९३ प्रतिशत भन्दा बढि सुचाक पुरा गरेकोले सो वडा बालमैत्री घोष्णा गरेको नगर प्रमुख खड्काले बताए । बालमैत्री वडा घोषणा पश्चात यहाँका बालबालिकामा विभेद,डर, त्रास र हिंसाबाट मुक्तभएको छेडागाड नगरपालिका नगर प्रमुख खड्काले बताए ।

बालबालिका मैत्री वडा हुन् बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्ता लगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ५१ वटा सूचक पूरा गर्नुपर्ने उल्लेख छ । वडामा भएका सबै आधारभुत कुरा पुरा गरेको वडा अध्यक्ष गणेशबहादुर थापाले बताए । । अब कुनै पनि बालबालिका विद्यालय बाहिर हुने छैनन’ थापाले भने, बालबालिकाका धेरै अधिकारहरु पुरा भएका छन् । अझै पनि हामी थपकाम गर्न प्रतिवद्ध छौं ।’ बाल अधिकारका बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता’ गरी चार वटा पक्षलाई मुख्य आधार मानेका छौ । वडालाई बालमैत्री घोषणाका लागि नगरपालिका, वडा कार्यालय,सेभ द चिल्ड्रेन (पाँचतारा युवा संरक्षण मञ्चको साझेदारीले बालमैत्री भौतिक संरचना निर्माण,बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए । चार सय ३५ घरधुरी रहेको वडा नं ४ को जनसंख्या २ हजार ८ सय रहेको छ । यस अघि २०७८ सालमा छेडागाड नगरपालिका ११ नम्बर वडा नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा भएको थियो ।


पाँच तारा युवा संरक्षक मञ्चका परियोजना संयोजक कुबेर केसीका अनुसार बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बालअधिकारलाई स्थानीय सरकारको नीति, कार्यक्रम, संरचानामा र प्रक्रियामा सस्थागत गर्ने कार्यक्रम नै बालमैत्री स्थानीय शासन कार्यक्रम हो । सन १९८९ नोभेम्बर २० मा बाल अधिकार सम्ंबन्धी अन्तराष्ट्रिय महासन्धि अनुमोदन भैसकेपछि नेपाल एक पक्षराष्ट्र भएको हुदा महासन्धिले प्रबन्ध गरेका बाल अधिकारहरुलाई व्यवहारिक रुपमा प्रत्याभूत गर्ने सन्दर्भमा नीतगत, कानुनी र संरचानात्मक क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । बालबालिका संबन्धी ऐन २०४८, निमावली २०५१, बालश्रम निषेध गर्न बनेको ऐन २०५६ जारी गरि बाल अधिकारलाई कानूनी रुपमा व्यवस्थित गरेको थियो । स्थानीय स्वयत्त शासन ऐन २०५५ र निमावली २०५६ ले बाल अधिकारको प्रवधर्न गर्ने दायीत्व स्थानीय निकायलार्इृ प्रदान गर्यो । नेपालको संविधान २०७२ को धारा ३९ ले बाल अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । यसरी सैवैधानिक र कानूनी रुपमा स्थापित भएको बाल अधिकारलाई व्यवहारिक रुपमा अभ्यास, अनुभुति र प्रयोग भएको सुनिश्चित गर्न नेपाल सरकारले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०७८ र घोषणा कार्यविधि २०६९ जारी गरि बालमैत्री स्थानीय शासन कार्यक्रम लागु गरेको हो ।


बदलिएको परिवेश र संघीयताको कार्यन्वयनसंगै जारी भएको स्थानीय सरकार सञ्चालन ऐन २०७४, निर्देशन २०७४, बाल अधिकार ऐन २०७५ र बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका २०७८ ले बालमैत्री स्थानीय शासन कार्यक्रमको अबलम्बन, तयारी, र घोषणाका प्रक्रिया र सूचकहरु निर्धारण गरेको छ । त्यसै गरि छेडागाड नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७७ जारी गरेको छ ।

उल्लेखित ऐन, कानुन, कार्यविधि तथा निर्देशनको मार्गदर्शनमा छेडागाड नगरपालिकाको नगर सभा २०७५ ले वडा न ४ र ११ लाई बालमैत्री वडाको रुपमा विकास, विस्तार र घोषणा गर्ने निर्णय गर्यो । नगर सभाको उक्त निर्णय र कार्यपालिकाको मार्गनिदेशमा रहेर वडाले सेभ द चिल्डे«न र पाँचतारा युवा संरक्षक मञ्चको सहयोगमा बालमेत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०७८ ले निर्धारण गरेका प्रक्रिया र सूचकहरुको आधारमा कामलाई अगाडी बढायो । जसमा पूर्व तयारीको चरण, तयारीको चरण, कार्यन्वयनको चरण, अनुगमन तथा मुल्याङ्कनको चरण र दिगो व्यवस्थापनको चरण गरेर २८ वटा प्रक्रियागत कार्य सम्पन्न गरेको छ । बालबचाउ, बालसंरक्षण, बालविकास र बाल सहभागिताका जम्मा ३६ वटा सेवा सूचकहरु पुरा गरेको छ । त्यस्तै, १५ वटा सस्थागत सूचकहरु गरी जम्मा ५१ वटा सुचकहरु पुरा गरेको छ । यसरी लामो प्रक्रियागत चरणहरु पार गदै नगर कार्यपालिकाको स्वीकृति पश्चात छेडागाड नगरपालिकाको वडा नं ४ लाई २०८० जेष्ठ १२ गते वडा नम्बर ४ का वडा अध्यक्ष श्री गणेश बहादुर थापाको अध्यक्षता, जिल्ला समन्वय प्रमुख श्री काली बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा छेडागाड नगरपालिकाका नगर प्रमुख श्री रत्न बहादुर खड्काको बिशेष आतिथ्यतामा र जिल्ला तथा नगरपालिका स्थित बिभिन्न सरोकारवाला निकायहरु, दातृ निकायका प्रतिनिधिहरु लगाएतको उपस्थितिमा बालमैत्री वडाको रुपमा घोषणा गरिएको हो । कार्यक्रममा पुर्व नगरप्रमुख लालबहादुर महतारा, पाँचतारा युवा संरक्षक मन्चका अध्यक्ष छवि पन्त, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगबहादुर रोकाय लगायतका बक्ताले शुभकामना मन्तब्य राखेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad