राजेन्द्र कार्की । जाजरकोट
आदीकवि भानुभक्त आचार्यको २०९ औ जन्म जयन्तिको अवसरमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान जाजरकोटको आयोजनामा लयमा कविता वाचन प्रतियोगितता तथा भानु र घाँसी विचको सम्वाद मन्चन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भानुको नेपाली साहित्यमा योगदानको चर्चा समेत गरिएको छ ।
कवि पुस्पाञ्जली शर्माको कविता प्रतियोगित प्रथम भएको छ । मित्र गणेश श्रेष्ठको कविता द्धितिय र अच्युत प्रसाद शर्मा र माया घर्तीको कविता तृतिय भएका छन् । प्रथमलाई ६ हजार, द्धितियलाई चार हजार र तृतियलाई दुई हजार रुपैया पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा साहित्यकार हरि सन्दर्भले भानुभक्त आचार्यको नेपाली साहित्यमा दिएको योगदानको चर्चा गरेका थिए । प्रतिष्ठानका सदस्य शोभा सिंहको स्वागत मन्तब्य र सचिव राजुराजा सिंहले संचालन गरेको कार्यक्रममा एक दर्जन कविले आफ्नो रचना गिति शैलीमा वाचन गरेका थिए ।