April 20 - 2024, Saturday७ बैशाख २०८१, शुक्रबार

सहमति पछि खुल्यो भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा लगाएको ताला

राजेन्द्र कार्की । जाजरकोट

जिल्ला समन्वय समितिको रोहबरमा क्याम्पस प्रशासन र आन्दोलनरत विद्यार्थी विच सहमति पछि भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटमा लगाईएको ताला खुलेको छ ।

एमएड चौथो सेमेस्टरका विद्यार्थीले अभ्यास शिक्षण शुल्क, शोधपत्रका लागि शुल्क र भर्ना शुल्क गत बर्षकै समायोजन गर्ने गरि एक पटकका लागि यस बर्ष कुनै पनि शुल्क नलिने, विद्यार्थीहरुको पठनपाठनको लागि यथासिघ्र शिक्षकको ब्यवस्था गर्ने, पुस्तकालयमा पाठ्यक्रममा आधारित पुस्तक यथास्रिघ उपलब्ध गराउने, छात्रबृत्तिको ब्यवस्था गर्ने, छात्राबासको लागि आवश्यक पहल गर्ने, हाल प्रध्यापकहरुले आवासको रुपमा प्रयोग गरिएको भवनलाई आवश्यक ब्यवस्थापन गरि भवन नबने सम्मका लागि छात्रावासको रुपमा ब्यवस्थापन गर्ने, शैक्षिक उन्नयनका लागि बार्षिक रुपमा पत्रिका प्रकाशन गर्ने, खानेपानीको ब्यवस्थापन गर्ने र मंगलवार देखि विद्यार्थीले लगाएको ताला खोल्ने सहमति गरिएको जिल्ला समन्वय समितिका सदस्य खडक विसीले बताए । क्याम्पस प्रमुख बलराम भण्डारी, जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्री, सदस्यहरु चित्रप्रसाद शर्मा र खडक विसी, विद्यार्थी प्रकाश सिंह, प्रेम आरसी, लगायतका विद्यार्थी र प्रध्यापकहरुको उपस्थितिमा उक्त सहमति गरिएको हो ।

विभिन्न माग राखि २४ घण्टे अल्टिमेटम दिएका विद्यार्थीले आफ्ना माग पुरा गर्न तर्फ क्याम्पस प्रशासन सकारात्मक नभएको भन्दै मंगलवार क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका थिए ।

विद्यार्थीहरुले एम एडका विद्यार्थीको शुल्क मध्यपश्चिम विश्वविद्यालयको नियमानुसार लिई पहिलेको शुल्क फिर्ता गर्नुपर्ने, विद्यार्थीको पठनपाठन नियमित रुपमा हुनु पर्ने र शिक्षकको ब्यवस्था गरिनुपर्ने, पुस्तकालयमा पाठय्क्रम अनुसारका पुस्तक हुनु पर्ने, छात्रावास र छात्रवृत्तिको तत्काल ब्यवस्था हुनुपर्ने, भर्नाका नाममा लिएको विलम्ब शुल्क फिर्ता गर्नुपर्ने, अक्षयकोष र मुद्धती खातामा रहेको रकम उपदानका नाममा खर्च गर्न नहुने, विद्यार्थीहरुलाई अनुसन्धानमुलक तालिम तथा विभिन्न कार्यक्रम गरिनुपर्ने र क्याम्पसको भवनमा झयाल ढोकाको ब्यवस्था गरिनु पर्ने माग सहित सोमवार ज्ञापन पत्र बुझाएका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad