भत्कियो माओवादी गढः दुई दर्जन बढी माओवादी कार्यकर्ता काँग्रेसमा समाहित

प्रवाह संवाददाता । जाजरकोट

माओवादी केन्द्रको गढ मानिने भेरी नगरपालिका १ पिपे, मैदेबाट २४ जना भन्दा बढी माओवादी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

घर घर जाउँ काग्रेस जिताऔ अभियान अन्र्तगत भेरी नगरपालिका वडा नम्बर १ पिपेमा आयोजित कार्याक्रममा दिपक बस्नेत, यज्ञबहादुर राना, दलजीत राना, गोपाल राना, शशिराम राना, गणेश राना, भद्रबहादुर राना, तिलक राना, मनिराम परियार, नरेश राना, रामबहादुर राना, डिल्ली परियार, समीर परियार, रोहिन्द्र राना, धर्मराज वि.क, खिमबहादुर खत्री, देवीलाल रावत, मानबहादुर राना, शंकर नेपाली, भिउसन राना, दुधबहादुर राना, महावीर विक, प्रविन परियार, नवीन राना, कमल विक लगायतका माओवादी कार्यकर्ता नेपाली काँग्रेसमा समाहित भएका हुन् ।

bhumi-sanrakshyan


उनीहरुले माओवादी पार्टी जनताको पार्टी नभएको र नेताहरु सुविधाभोगी भएको भन्दै आफुहरु विश्वासिलो एक मात्र पार्टी काँग्रेसमा प्रवेश गरेको बताएका छन् । माओवादी नेताहरुले खोक्रा आश्वासन बाँडेर कथित जनयुद्धको नाममा सोझासाझा जनतालाई मर्न र मार्न लगाएर शान्ति प्रक्रियामा आइसकेपछि ति सवै कुरा विर्सेर सुविधा भोगी भए काँग्रेस प्रवेश गरेका स्थानिय यज्ञबहादुर रानाले भने शान्ति र विकास प्रेमी पार्टी भनेकै काँग्रेस मात्र रहेछ । नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका कर्णाली प्रदेश उपसभापति सनतकुमार कार्की, सहमहामन्त्री रामछाया शाही,पुर्वसभापति दीपकजंग शाह, पार्टी सभापति वेदराज सिंह, मुक्तिप्रसाद आयार्य लगायतले काँग्रेसमा स्वागत गरेका थिए । अविर र खादा लगाएर उनीहरुलाई काँग्रेसमा स्वागत गरिएको हो । त्यस्तै भेरी नगरपालिका ४ का युवराज वलीले शनिवार नै राप्रपा छोडेर काँग्रेसमा प्रवेश गरेका छन् । वडा नम्बर ४ गैरीखालीमा आयोजित कार्यक्रममा नेताहरुले वलीलाई काँग्रेसमा समाहित गराएका हुन् ।


शिवालयको थालारैकरबाट शुरु भएको काँग्रेसको घर घर जाउँ काग्रेस जिताऔ अभियान जिल्लाभर चलिरहेको छ । आगामी बैशाख ३० हुने स्थानिय तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई जिताउन ७७ वडामा काँग्रेसले प्रतिनिधी खटाएको छ । भेरीको वडा नम्बर १ र ४ मा खटिएको युवा नेता पुष्पराज बस्नेतले पार्टीले जित्ने गरि सर्वसहमत रुपमा उम्मेदवार छनौट गर्न आग्रह गरेका छन् । उनका अनुसार चैत्र २३ गते भित्र काँग्रेसले उम्मेदवारको टुंगो लगाइसक्ने छ ।

पार्टी सभापति वेदराज सिंह नेतृत्वको टिमले चुनाव लक्षित अभियान थालेपछि एमाले, माओवादी र राप्रपा छोडेर सयौको संख्यामा काँग्रेसमा समाहित भएका छन् । सभापति सिंहले भने वडा समितिले जसलाई सिफारिस गर्छ , जसले जित्छ । उसैलाई टिकट दिन्छौ । अन्याय हुन दिदैनौ । तपाईहरु ढुक्क भएर लाग्नुहोस । काँग्रेसले जित्यो भने मात्र विकास र समृद्धि सम्भव छ । कम्युनिष्टहरुले सत्ता चलाउँदा भष्टाचार बढेको, बेथिति बढेको हामीले भन्नै पदैन । तपाईहरुले देख्नु भोग्नु भएकै छ । सभापति सिंहले भने ‘तपाई हामी एकजुट भएर लागौ जित सुनिश्चित छ । सातै पालिका र ७७ वडामा हामी जितेर देखाउँछौ ।’

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya