अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका प्रभावशाली नेता शाही काँग्रेस प्रवेश

नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज प्रेम बहादुर शाही नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस बारेकोट गाँउ कार्य समिति द्धारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शाहीले काँग्रेस प्रवेश गरेका हुन । उनी सँगै एमालेबाट बारेकोट गाँउपालिका वडा नम्बर ५ बाट उम्मेदवार रहेका खडक बहादुर सिह, बारेकोट २ निवासी पठबहादुर नेपाली र वडा नम्बर ७ निवासी परवहादुर बस्नेत लगायतका दुई दर्जन कार्यकर्ता काँग्रेसमा समाहित भएका हुन् । पार्टी सभापति बेदराज सिंहले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गदै भित्र्याएका हुन् । विद्यार्थी नेता शाहीलाई सभापति सिंहले आमन्त्रित जिल्ला कार्य समिति सदस्यमा मनोनयन गरेका छन् ।

लोकत्रान्त्रिक पार्टी, इमान्दार र सवैको विश्वासिलो पार्टी नेपाली काँग्रेस भएकोले आफुले काँग्रेस पार्टीमा समाहित भएको शाहीले बताए । विप्लब नेतृत्वको माओवादी दिशाहिन भएको बताउँदै शाहीले नेपाली काँग्रेसमा रहेर सक्रिय राजनिति गर्ने बताएका छन् । शसक्त युवा नेताको रुपमा उदाएका शाहीको बर्हिगमणले विप्लब माओवादीलाई ठुलो धक्का लागेको आकलन गरिएको छ । प्रभावशाली युवा नेताको आगमण काँग्रेसका लागि सुखद घटना भएको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । शाही लगायतका नवप्रवेशीहरुलाई पार्टीले उपयुक्त भुमिका र जिम्मेवारी दिने पार्टी सभापति सिंहले बताए ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya