‘श्रमलाई उत्पादनमा बदली सहकारीका माध्यामबाट समृद्धि हाँसील गर्न सकिन्छ’

lagu ausadhi biruddha abhiyan jajarkot

बुवा कृष्ण बहादुर खत्री र आमा शान्तामाया खत्रीको कोखबाट २०३० असोज २७ गतेका दिन भेरी नगरपालिका ०३ खलंगा,जाजरकोटमा जन्मिएका सहकारी क्षेत्रका अब्बल ब्यक्तित्व राजु कुमार के.सी.सँग सहकारीका विषयमा प्रवाह अनलाइनका सम्पादक राजेन्द्र कार्कीले गरेको कुराकानीको सारसंक्षेपः

सहकारी के हो यसको छोटो पृष्ठभुमि बताइदिनुहुन्छ कि ?

मानव सभ्यताको विकासक्रम संगै मानिसहरुका असीमित आवश्यक्ता ,चाहाना, ईच्छा, आकांक्षाहरु पुरा गर्न गराउन आपसी सहयोग ,सहकार्य र सामूहिक भावनाको विकास भयो ।जसबाट मानिसहरुलेले सहकारीताको आधारमा उत्कृष्ट कार्यहरु गर्न थाले ।जस्ले गर्दा सहकारीको अवधारणा अनौपचारीक र औपचारीक दुबै रुपमा विकास हुदै आएको पाईन्छ ।नेपालमा विगत देखि अभ्यासमा रहेका पर्म,गुठी,ढिकुटी जस्ता कार्यहरु लाई अनौपचारिक सहकारीको रुपमा लिन सकिन्छ । तसर्थ सहकारी कतै सामजिक उत्पीडन हटाउने अचुक उपाए बन्यो भने कतै आर्थिक रुपमा विचौलियाहरुको शोषण लाई अन्त गर्ने उपयुक्त प्रर्णाली सावित भयो । महान फ्रान्सेली राज्य क्रान्ति डार्विनको विकासवाद वेलायतबाट सुरु भएर फैलिदै गएको औधोगिक क्रान्ति प्राप्ति , युरोप बाट सुरु भएको कोर्रा नाफा मुखी पँुजीवाद विकास र त्यसको प्रभावले समाजमा उथुल पुथल पा¥यो । शोषण उत्पीडनबाट वहुसंख्या श्रमजिविहरु जनता आक्रान्त भए ।
लाखौ लाख श्रमिकले गर्ने काम स्वचालित मेशिन द्धारा हुन थाल्यो ।
श्रमिकको ठुलो हिस्सा वेरोजगार हुदै गयो ।
सिमित उत्पादनका साधन पनि सर्व साधारण जनताको स्वामित्वबाट खोसिदै गयो ।

यहि समस्या र संकटबाट मुक्ति दिलाउन उपायको खाजीमा रवर्ट ओएन (Robert  Owen )ले सहकारी माध्यम नै छरीएको पुँजी , छरिएको श्रम, छरिएर रहेको श्रोतलाई संगठित गर्ने । आफ्ना समस्याहरु आफैले समाधान गर्ने उपाय हो भन्ने ठहरमा पुगे ।
सोहि अनुसार सन १८४४ मा वेलायतको रोचडेल शहरका रोचडेलीहरु १÷१ पाउण्ड जम्मा गरी २८ जना मजदुरहरुले अक्टोवर २४ मा उपभोक्ता भण्डार सहकारी स्थापना गरे । भने नेपालमा २०१० सालमा सहकारी विभाग स्थापना भएर संचालनमा आएता पनि २०१३ साल चैत्र २० गतेबाट समुदायको स्वमित्वमा रहने गरि चितवन जिल्लाको बखानपुरमा बखान बचत तथा ऋण सहकारी संस्थाबाट शुरुभएको मानिन्छ ।

 

तपाई सहकारीमा क्षेत्रमा लाग्न के कुराले प्रेरित गर्यो ?

बढ्रदो गरिबी ,व्यवसाय उत्पादनको कमी, बढ्दो बेरोजगार,व्यवसाय एकाधिकार यस्ता समस्याहरुबाट मुक्ति दिने तथा श्रमलाई उत्पादनमा बदल्न,साझा हितको लागि एकआपसमा सहयोगर्ने नैतिकता तथा चरित्रको विकास गर्ने संगठन भएकाले यो अभियानबाट समाजमा आर्थिक,सामाजिक तथा सास्कृतिक विकास गर्न सकिन्छ भन्ने अभिप्रायले मलाई प्रेरित गरेको हो ।

सहकारीका आयाम के हुन ?

व्यवसायीक एकाधिकार विरुद्ध लडे्न, मध्यस्थकर्ता,प्रतिशपर्धा तथा चुवाट रोक्न उत्पादन र उपभोक्ता विचको सोझो सम्बन्ध स्थापना गर्न,आर्थिक रुपले कमजोर व्यक्ति द्धारा स्थापना गरिएको स्वच्छिक व्यवसायिक संगठन नै यसको मुख्य आयम हो ।

सहकारीबाट कसरी समृद्धि हासिल गर्न सकिन्छ ?

जहाँ व्यक्तिहरु आफ्नो आर्थिक हित बृद्धि गर्न समानताको आधारमा एक साथ संगठित भई श्रमलाई उत्पादनमा बदली स्व­सहयोग तथा आपसी सहयोगका माध्यमबाट रोजगार सिर्जना भई समृद्धि हाँसील गर्न सकिन्छ ।

जाजरकोटमा सहकारीको अवस्था कस्तो छ ?

जाजरकोटमा बिभिन्न उद्देश्यका सहकारी संस्थाहरु गरि करिव ३०० भन्दा माथि गठन भएका छन । ती मध्य कतिपय संचालन अवस्था छन भने कतिपय सहकारी संस्थाहरु संचालन प्रक्रिया तथा विधिको कमिका कारण निष्कृय अबस्थमा छन । हाम्रो जिल्लामा कृषि,पशुपालन,जडिबुटी तथा होमस्टे जस्ता गति विधि सहकारी मार्फत संचालन गर्न सकेको खण्डमा सहकारीको अवस्था राम्रो भई सहकारी अभियान सफल बनाउन सकिने सम्भावना प्रस्त छ ।

सहकारी ब्यबस्थित गर्न के कुरामा ध्यान दिन आवस्यक छ ?

सहकारी गठन गर्नु पूर्व सदस्यहरुले सहकारी शिक्षा तालिम लिन जरुरी देखिन्छ ।
स्थानिय सरकारबाट सहकारी विकास तथा उत्पादनका लागि उचित किसिमको वजेट विनियोजन गर्नु पर्ने देखिन्छ ।
नियमन निकायबाट अनुगमनको पाटोलाई तिर्वता दिनु पर्ने हुन्छ ।
शेयर सदस्य ,संचालक समिति अन्य उप समिति तथा कर्मचारीहरुलाई सहकारी व्यवस्थापन,लेखा, व्यवसायिक योजना,निति निर्माण जस्ता तलिम लिनु पर्ने देखिन्छ ।

च्याउ उम्रे जस्ता बित्तिय सस्था त सहकारीले गरीबलाई झन गरिब बनाए भन्ने गुनासो छ नि ।

हो वास्तवमा यो भ्रम समुदायमा पर्न गएकै छ । वास्तवमा वित्तिय संस्था र सहकारी संस्था के हो भन्ने बारेमा सरोकार निकाय तथा सम्बन्धीत संस्थाहरुले बुझाउन नसकेको बिद्यमान अवस्था पनि हो । तथापि बित्तिय संस्था र सहकारी संस्थामा धेरै फरक्ता छ । वित्तिय सस्था कम्पनी ऐन अनुसार दर्ता भएका हुन्छ भने सहकारी संस्था सहकारी ऐन अनुसार दर्ता भएका हुन्छन। सहकारी संस्था विशेषत सामुहिक व्यवसाय गर्ने संस्था हो । यहाँ सेयर सदस्यहरुको निर्णलाई कदर गरि संस्था संचालन हुन्छ ।
तेसैले सदस्यद्धारा संचालन हुने सस्ंस्था भएकाले सदस्यहरुलाई गरिब होइना सदस्यको आर्थिक,सामाजिक तथा सास्कृतिक आबश्यक्ता परिपुर्ति गरि गरिवी न्यूनिकरण गर्ने काममा सहयोग गर्दछ ।

सहकारी ब्यबस्थित गर्न नियमनकारी निकायले प्रभाबकारी काम गर्न नसकेका हुन ?

सहकारी व्यवस्थित गर्न नियमनकारी निकायहरुले काम गनृ नसकेको अवस्था हामी सहकारीमा खड्केकै विषय हो । किनभने अनुगमन,प्रर्बद्धन,तालिम संचालन जस्ता गतिबिधि न्युननै देखिन्छ । सायद पालिकाहरुमा व्यवस्थित सहकारी शाखा तथा विभाग नहुनु तथा कतिपय पालिकाहरुमा सहकारीमा दखल नभएका कर्मचारीको व्यपस्थापन गर्नु ,व्यवस्थापन गरिएका कर्मचारीहरुलाई तालिमको व्यवस्था नगरिनु साथै सहकारी नियमावली तयार नगर्नु भएका ऐन केन्द्रिय ऐन संग बाझिनु ,सहकारी क्षेत्रमा प्रयाप्तमात्रमा बजेट विनियोजन नगर्नु जस्ता नितिगत तथा प्रविधिक समस्याको कारण नै नियमनकारी निकायले प्रभावकारी काम गर्न नसकेको जस्तो लाग्छ ।

तपाई काम गर्ने सस्था ब्यबस्थित छ त ?

हाम्रो संस्था व्यवस्थित गर्ने तर्फ निरन्तर लागि परेको छ । हुन त यो विषय भनकोे गदै सिक्दै जाने भएकाले हामी त्यो अभ्यासमा छौ । हाम्रो संस्थामा व्यवस्थितको पहिलो पाटो शु­सासन नै हो भन्ने ठानी संस्थाले बिभिन्न नितिहरु निर्माण गरि लागु गरेको छ । भने संस्थाको सेवा प्रभा तथा गतिविधिको बारेमा प्रतेक महिनामा संचालक समिति तथा कर्मचारीहरुको नियमित बैठक बसी समिक्षा गर्ने गरिएको छ ।साथै वार्षिक साधारण सभामा बर्ष भरि भए गरेका कृयाकलापहरुको प्रतिवेन समेत पेश गर्ने गरिएको छ,कार्यालय विहान ९ः४५ देखि साँझ ५ः०० सम्म संचालन गरि सदस्यहरुमा सेवा प्रभा गरिएको छ ,अझै सेवालाई प्रभावकारी बनाउन संस्थाका ५ वटा सेवा केन्द्र समेत स्थापना गरि संचालनमा ल्याईएको छ । जस्ले गर्दा संस्था व्यवस्थापन मद्दत पुगेको अअवस्था छ ।

अन्तमा भन्न बाकी केही छ भने भन्नुहोस ।

अझै हाम्रो जिल्लामा सहकारी अभियानलाई गति दिन नसकिरहेको विद्यमान अवस्था छ । किनभने जति पनि सहकारी संस्था खोलेका छौ । ती सहकारी संस्थाहरु सहकारी मुल्य,मान्यता तथा सिद्धान्त अनुसार संचालनमा छ छैन भनेर हर्ने नियमन निकाय फितलो र संस्था संचालन गर्ने जिम्मेवार पाएका पदाधिकारीमा सहकारी शिक्षाको अभाव जस्ता समस्याहरुले गर्दा हाम्रो जिल्लामा सहकारी संस्था गति लिन सकिरहेको छैन। सेयर सदस्यहरुमा सहकारीको ज्ञान नभएकै कारण समस्या सृजित भएको हो । वास्तबमा सहकारी यस्तो विधि प्रकृया हो। जस्ले वीचमा ज्ञाप भएको समाुदायको धनी र गरीबको खाड्ल पुर्नमा सहयोग पु­याउन मद्दत गर्द छ ।भन्ने तथ्यका साथ जाजरकोट जिल्लामा सहकारी क्षेत्रमा लाग्नु भएका सहकारी अभियान्तहरुले यो संदेश चरिथार्थ गर्न साथै जाजरकोट जिल्लालाई सहकारी अभियानबाट चिनाउन तथा निश्वार्थ भावनाबाट सदस्यहरुको गरिबी न्युनिकरणका लागि सहकारीको सिद्धान्त,मुल्यमान्यता अनुसार संस्था संचालन गरि निरन्तरा आजको आवश्यक्ता हो । भने नियमनकारी निकायबाट सहकारी विकासका लागि नितिगत तथा प्राविधिक सहयोग गर्नु पर्नै हुन्छ । धन्यवाद ।।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad