April 27 - 2024, Saturday१५ बैशाख २०८१, शनिबार

विद्यालयमा आगजनी

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको छेडागाड नगरपालिका सुवानाउली स्थित एक विद्यालयमा आगजनी गरिएको छ । जनविकास माध्यामिक विद्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरिएको प्रधानाध्यापक लालबहादुर डाँगीले बताए । विद्यालयमा कसले किन आगजनी गरेको हो खुल्न सकेको छैन । गत १४ गते राती आगजनी भएको हो ।

निम्न माध्यामिक तहको नेपाली विषयको राहत दरबन्दीमा रिक्त पदमा पदपुर्तीका लागि विज्ञापनको नतिजा प्रकाशन गरेकै राती आगजनी गरिनुले परिक्षामा असफल भएकाको संलग्नताको आशंका गरिएको छ । स्थानिय सात जना परिक्षार्थी समावेश भएका सो परिक्षा मध्य स्थानिय तिर्थराज न्यौपाने सफल भएका थिए । उक्त परिक्षा नगरपालिकाको शिक्षा शाखाले लिएको थियो ।

विद्यालयका महत्वपुर्ण कागजात जेलेर नष्ट गरिएको र विद्यालय समेत तोडफोड गरिएको भएपनि हाल सम्म संलग्नलाई प्रहरीले पहिचान गर्न नसेको प्रधानाध्यापक डाँगीले बताए । विद्यालयमा अराजक गतिविधि गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्नेमा वडाध्यक्ष रामबहादुर केसी भने घटनालाई ढाकछोप गर्न लागेको एक स्थानियले बताए । वडासदस्य जनकराज शर्मा न्यौपानेले विद्यालय जस्तो पवित्र स्थलमा अराजक र अपराधिक गतिविधि गर्ने जो कोहीलाई पनि कडा भन्दा कडा कारवाही गर्नु पर्ने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad