April 27 - 2024, Saturday१५ बैशाख २०८१, शनिबार

छोरीको जन्मदिनमा पत्रकार केसीले बाँडे २४ विपन्न विद्यार्थीहरुलाइ स्वीटर

प्रवाह संवाददाता । जाजरकोट

छोरीको जन्मदिनको अवसरमा पत्रकार जनक केसीले जाजरकोट खलंगाको एक विद्यालयमा अध्ययनरत २४ जना विपन्न विद्यार्थीहरुलाइ स्वीटर वितरण गरेका छन् । सदरमुकाम खलंगाको थाप्ले स्थित हनुमान प्राथमिक विद्यालयमा पढ्ने विपन्न समुदायका ती विद्यार्थीहरुलाइ छोरी सिन्जना केसीको जन्मदिनको अवसर पारेर स्वीटर वितरण गरिएको हो ।

सोहि विद्यालयको कक्षा ४ मा पढ्ने सिन्जनाको ९ औं जन्मदिनको अवसरमा विद्यालय पोषाकसंग मिल्ने न्यानो स्वीटर वितरण गरिएको बुवा जनक केसीले बताए । हनुमान प्राथमिक विद्यालयको कक्षा १ देखि ५ सम्म पढ्ने कोहि आमा बाबा नभएका, कोहि आमा या वा मध्य एक नभएका र कोहि अति विपन्न परिवारका २४ जना विद्यार्थीहरुलाइ सिन्जनाकी वज्यै एवम विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चन्द्रकुमारी केसी र विद्यालयका प्रधानाध्यापक कृष्णवहादुर सिंहले विद्यालयमा वुधवार आयोजित एक कार्यक्रमका विच संयुक्त रुपमा ती स्वीटरहरु वितरण गरे ।
विद्यालयले छानेका २४ जना अति विपन्न परिवारका विद्यार्थीहरुलाइ स्वीटरहरु वितरण गरिएको पत्रकार केसीले वताए । जन्मदिनमा अनावस्यक तडकभडक देखाउनु भन्दा सामाजिक कल्याणका काम गर्नु राम्रो भएको भन्दै आफुहरुले छोरीको जन्मदिनमा विपन्न विद्यार्थीहरुलाइ न्यानो स्वीटर वितरण गरेको केसीले वताए । जाडोमा न्यानो कपडा लगाउन नपाएका र आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुलाइ केहि मात्रामा भएपनि राहत दिन र उनीहरुलाइ विद्यालय जान प्रेरित गर्ने उद्देस्यले विद्यालयकै सिफारीसमा न्यानो स्वीटर वितरण गरिएको उनको भनाई छ । उनले आफु सहित सिन्जनाका वाजे जयवहादुर केसी, ठुला वुवा स्वर्गिय जयन्द्र, फुपु सीता, दाइ समीरणले हनुमानमै पढेको र सिन्जना स्वयम पनि हनुमानमै पढिरहेकोले हनुमानकै विद्यार्थीहरुलाइ न्यानो कपडा सहयोग गरिएको वताए ।

सिन्जनाको जन्मदिनमा विपन्न परिवारका विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरेर सामाजिक कल्याणको काम गरेको विद्यालयका प्रधानाध्यापक कृष्णवहादुर सिंहले वताए । उनले जन्मदिन मनाउने नाममा फजुल र अनावस्यक खर्च गर्नेहरुका अघि सिन्जनाको जन्मदिनमा विपन्न विद्यार्थीहरुलाइ स्वीटर दिएर उत्तम काम गरेको वताए । सिन्जनाको तर्फवाट न्यानो स्वीटर पाएर विपन्न विद्यार्थीहरु र तिनका अभिभावकहरु निकै खुसी भएको प्रधानाध्यापक सिंहले वताए । यस्तै कल्याणकारी काममा गरिएको खर्च सदुपयोग भएको मानिने उनले वताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad