March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

अव स्नातकोत्तर तहको पढाई जाजरकोटमै

राजेन्द्र कार्की । जाजरकोट

भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा यसै शैक्षिक सत्र देखि स्नातकोत्तर तहको पढाई शुरु हुने भएको छ । मध्यपश्चिम विश्वविद्यालयबाट शैक्षिक योजना तथा ब्यवस्थापन विषयमा भेरी ज्ञानोदय क्याम्पसले स्नातकोत्तर तहको कक्षा संचालनको अनुमति पाएको  हो ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त भेरी ज्ञानोदय क्याम्पस मध्पश्चिमको आंगिक भएसंगै स्नाकोत्तर तह पढाइ शुरु भएको हो । नेपाली र शैक्षिक योजना तथा ब्यवस्थापन ( ईपिएम) दुई विषयमा कक्षा संचालनको अनुमति मागिएपनि ईपिएमको मात्र स्वीकृति भएको क्याम्पस प्रमुख चन्द्रबहादुर बुढाले बताए । जिल्लामा स्नातकोत्तर तहको पठनपाठन नहुदा उच्च तह अध्यनका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता थियो ।

जिल्लामै एमएड तहको अध्ययन गर्न पाउने भएपछि जिल्लाबासी खुशि भएका छन । क्याम्पसमा शिक्षा शास्त्र , मानबिकी र ब्यबस्थापन विषयमा सेमेस्टर प्रणालीबाट पठनपाठन हुने गर्दछ । क्याम्पसले स्नातकोत्तर विषयमा नयाँ भर्नाको तालिका समेत सार्वजनिक गरेको छ । पुस १ देखि माघ ३ गते सम्म आवेदन फारम वितरण, मााघ ४ गते प्रवेश परीक्षा र माघ ७ गते १४ गते सम्म भर्ना र माघ १५ देखि पठनपाठन हुने क्याम्पस प्रमुख बुढाले बताए । उनले समयमै आवेदन भरेर मौकाको फाईदा उठाउन विद्यार्थीलाई आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर २०४३ सालमा स्थापित यो क्याम्पस गत बर्ष मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस भएको हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad