April 27 - 2024, Saturday१४ बैशाख २०८१, शुक्रबार

आमाछोरी सहित बस दुघर्टनामा मृत्यु हुने तीनै जना जाजरकोटी

राजेन्द्र कार्की । जाजरकोट
गत बुधवार सुर्खेतमा भएको बस दुर्घटनामा मृत्यु हुनेमा आमा छोरी सहित तीनै जना जाजरकोटका परेका छन् । पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस सुर्खेतको हर्रे नजिक बुधबार बिहान दुघर्टनामा परेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बारेकोट गाँउपालिका ७ कि ३६ बर्षिया बसन्ती बस्नेत र उनकी छोरी ९ बर्षिया रुपतारा बस्नेत रहेका छन् । त्यस्तै नलगाड ७ कि ४० बर्षिया हजारी बादीको पनि मृत्यु भएको छ । घटनास्थलमा एक जना र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो । दुघर्टनामा २८ जना यात्री घाईते भएका छन् । बस सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो । डोल्पाका पुर्व साँसद रामबहादुर बोहरा सहित ६ जनाको अवस्था गम्भीर रहेको छ । चालक निदाउँदा राती करीव ४ बजे तिर हर्रे नजिक एमाले मोडमा दुघर्टना भएको हो

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad