कबयित्री सुमी शाहीको मेरी आमा शिर्षकको कविता प्रथम

राजेन्द्र कार्की । जाजरकोट
कुशे (माता तिर्थ)औंसीको अवसरमा आमा प्रती सम्मान भाव ब्यक्त गर्न र हाम्रो जीवनमा आमाको महिमाको बयान गराउने उद्देश्यले जाजरकोट सम्पदा संरक्षण प्रतिस्ठानले आयोजना गरेको मेरी आमा शिर्षकको खुल्ला कबिता प्रतियोगिता भेरी नगरपालिका ४ निवासी कबयित्री सुमी शाहीको कविता प्रथम भएको छ ।
प्रतियोगिता छेडागाड नगरपालिका १३ कि पुष्पा परिवार द्धितिय, छेडागाड नगरपालिका १२ कि फुलमाया सिंहको कविता तृतिय र भेरी नगरपालिका ४ कि सुरक्षा शाहको कविता सान्तोना भएको आयोजकले जनाएको छ । २२ जना कवि तथा कवियत्रीले भाग लिएको प्रतियोगितामा सवै महिलाहरुले स्थान हासिल गरेका हुन् । कवितामा प्रथम, द्धितिय, तृतिय र सान्तोना हुनेहरुलाई क्रमश ३५००, २५००, १५०० र १००० रुपैयाका साथै मेडल र प्रमाणपत्र प्रदान गरिएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । कुशे औसीको अवसर पारेर सम्पुर्ण आमा प्रति सम्मान भाव प्रकट गर्न र साहित्यको जर्गेर्न गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केसीको भनाई छ । प्रथम भएको कबिताको केही हरफहरु यस्ता थिए ।

यौवनको कल्कलाउँदो बैशमा
सेतो फरियामा वेरिएर
दुई अवोध बालिका काखमा ज्यापी
समाजका तुच्छ वचन सहदै अनि,
गिद्धे नजरबाट आफुलाई बचाउँदै
आफ्नो दर्दनाक जीवन
काटिरहेकी मेरी आमा ।

तिम्रो संस्कार र बलिदानले गर्दा
हामी हामी बन्न लायक भएका छौ,
हाम्रा पाइला पाइलामा
तिम्रो मायोको महसुस हुन्छ
हो आमा ।
जव भगवानको प्यारी भयौ नि आमा,
त्यसपछि
जन्मभुमी जन्मभुमी जन्मभुमी झै लाग्न छाड्यो ।…….
स्वर्गीय आमाको सम्झनामा कविता लेखेको तर प्रथम नै हुँला भन्ने सोचेकी थिएन । मेरो कविता नै प्रथम भयो । खुसी लागेको छ कबयित्री शाहीले भनिन ।

bhumi-sanrakshyan

अध्यक्ष केसीले कार्यक्रम सफल बनाउन सहयोग साथ र भरोसा दिने सबै प्रती हार्दिक आभार धन्यवाद दिए । कार्यक्रममा जिल्ला समन्व्य प्रमुख आदरणीय कालीबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्य, नागरिक अगुवा राजेन्द्र बिक्रम शाह, नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा, काङ्ग्रेस नेता मुक्तीप्रसाद आचार्य, एमाले नेता रामचन्द्र घर्ती, मानवअधिकार संगठनका अध्यक्ष केदारबहादुर शाह, साहित्यकार पुर्णसमीर महतारा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका लागि भेरी नगरपालिका ४ गैरीखाली घर भइ हाल अमेरीकामा रहेका सुरेशजङ्ग शाह र शिवालय ५ घर भएकी युवा संघ नेपालकी केन्द्रीय सदस्य पन्चमी रेग्मीले स्वस्फुर्त रुपमा आर्थिक सहयोग गरेका थिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya