ज्योति फाउन्डेसनद्धारा भुकम्प प्रभावित छात्रालाई छात्रवृत्ति

प्रवाह संवाददाता । जाजरकोट
श्रीज्योति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरूलाई छात्रवृत्ति वितरण गरेको छ । फाउन्डेसनले गैर–आवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन–तीन पालिकाका १५ जना छात्रालाई छात्रवृत्ति वितरण गरेको हो ।


गैरआवसिय जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका तीन, नलगाड नगरपालिकाका दुई र भेरी नगरपालिकाका चार बालिकालाई छात्रवृत्ति वितरण गरिएको अध्यक्ष ज्योति कटुवालले बताइन ।


रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका दुई , सानीभेरी गाउँपालिकाका दुई र चौरजहारी नगरपालिकाका दुई छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको उनको भनाई छ । १५ जना छात्राहरूलाई स्कुल पोशाक, झोला, बर्षदिन सम्म पुग्ने कापी, कलम लगायतका स्टेशनरी सामाग्रीलगायत वितरण गरिएको थियो ।
छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएमा, अति विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरिन् । उनले फाउन्डेसनले छनोट गरेका बालिकाका अभिभावकहरूलाई नगरपालिका मार्फत आयआर्जनको कार्यक्रम दिइने बताइन् । ‘अति आवश्यक ठाउँमा सहयोग पुगेको छ, यो सहयोग उच्च शिक्षा अध्ययन सम्म कायम रहोस्’, उनले भनिन्, –‘नगरपालिकाबाट हुने सहयोग गर्न हामी तयार छौं ।’

bhumi-sanrakshyan


जनज्योति मावि आठवीसकोट रूकुम पश्चिमका प्रधानाध्यापक मन्जुदेवी खड्काले स्कुल पोशाक र लेख्नका लागि कापी र कलम सम्म नपाउँदा धेरै बालबालिका पढ्नबाट बन्चित रहेको बताइन् । ‘भुकम्पपछि त रूकुम र जाजरकोटमा यो ठूलो समस्या बनेको छ,’ उनले भनिन्, ‘संकटका बेला ज्योति फाउन्डेसनको सहयोग धेरै महत्वपूर्ण छ ।’ फाउन्डेसनका अध्यक्ष कटुवालले १० कक्षासम्म छात्राहरूलाई निरन्तर सहयोग गर्ने बताइन् । उनले छात्रवृत्ति दिइएका छात्राहरूको स्वास्थ्य विमाको जिम्मेवारी पनि फाउन्डेसनले लिने बताइन् । उनले फाउन्डेसनको स्थापना लगत्तै जाजरकोट केन्द्रविन्दू बनाएर भुकम्प गएकाले तत्काल जाजरकोट र रूकुम पश्चिमका छोरीहरूलाई सहयोग गरिएको बताउँदै आगामी दिनमा कर्णाली अरू जिल्लाहरूमा पनि छोरीहरूका लागि कार्यक्रम सन्चालन गरिने बताइन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya