अदालतको ढोकामा कृतज्ञताको ढोक !

राजेन्द्र कार्की । जाजरकोट
‘छोरा मरे पनि, न्याय मरेन’, ‘सकियो अब भन्नेवाद, अदालतलाई धन्यबाद’, ‘न्याय पाए आमाले, शान्ति पाए आत्मले’, ‘भाई बगाउने भेरीहरु, नबगाउनु फेरिअरु’ लगायतका प्ले कार्ड बोकेका सोती घटनाका पिडितहरुले बुधवार नारा सहित मुसिकोट बजार परिक्रमा गरेका गरे ।
बाजागाजा सहित आफन्तजन र अधिकारकर्मीहरुको साथमा रहेका पीडित परिवारले जिल्ला अदालतलाई सम्मान गर्दै कृतज्ञताको ढोग गरेका छन् । यसका साथै न्याय दिने अदालतमा उनीहरुले पुष्प गुच्छा समेत अर्पण समेत गरे । र्याली विजय उत्सव जस्तै देखिन्थ्यो ।

अन्र्तजातिय प्रेम सम्बन्धका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटका नवराज सहित ६ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको फैसलापछि पीडित परिवारले न्याय पाएको भन्दै अदालतको ढोकामा पुष्पगुच्छा सहित ढोक गरेका हुन् । रुकुम जिल्ला अदालतबाट मंगलबार बेलुका फैसला भएपछि बुधबार उनीहरुले न्याय प्रदान गर्ने अदालतको ढोकामा ढोक गरेका हुन् ।
सोती घटनामा दोषी ठहरिएका पुर्व वडाध्यक्ष डम्बरबहादुर मल्ल माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् । अरु सवै उनका आफन्त र नातेदार । उनीहरु सवैका संरक्षक पुर्व मन्त्री जनार्दन शर्मा । घटना लगत्तै शर्माले संसदमा दिएको विवादास्पद अभिब्यक्तिले पनि पिडित परिवारमा न्याय पाईने होइन कि भन्ने संसय कायमै थियो । घटनालाई तोडमोड गर्न निकै प्रपन्च रचियो । राजनैतिक दवाब र प्रभावका कारण न्यायधिसहरुले पनि फैसला गर्न डराईरहेका थिए । मुद्धा छिटो किनारा लगाउने भन्दा पेशी सारेर आफु विवादमा नआउने बरु सरुवा भएर अन्य जिल्ला गैहाल्ने न्यायमुर्तीहरुको ब्यवहारका कारण पिडित परिवार निरास थिए ।

अभियुक्त ३४ जना मध्य उच्च र सर्वोच्वले ११ जनालाई तारेखमा रिहा गरेपछि झन मनोबल कमजोर भएको थियो पिडितहरुको । अन्तिम फैसला हुने मितिको पेशी सरेकै ५ पटक भैसक्यो । ६ महिना अघि देखि पेशी सरेको सरयै थियो । घटना तोडमोड हुने र पिडितले न्याय नपाउने जस्तो अवस्था देखेपछि अधिकारकर्मी खगेन्द्र सुनार पिडितको पक्षमा खुलेर वकालत गर्न थाले । पिडित परिवारलाई काठ्मान्डौ सम्म लिएर राष्ट्रिय मानव अधिकार आयोग लगायतको ध्यानाकर्षण गराए । हालका जिल्ला न्यायधिस खडगबहादुर केसीको एकल इजलासले २४ जनालाई जन्मकैदको ऐतिहासिक फैसला सुनाएपछि पिडित परिवारले बल्ल सन्तोषको स्वास फेरेका छन् ।
मृतक नवराजका बुवा मुनलाल नेपालीले साढे तीन बर्षको लडाईपछि न्यायको जीत भएको बताए । फरक जिल्लामा न्यायको लडाई भईरहेको र राजनीतिक प्रभावका कारणले न्याय पाईदैन कि भन्ने लागेको बेला न्यालयले न्यायको अनुभुति दिलाएको उनको भनाई छ । उनले जिल्ला अदालत र न्यायाधीसलाई भगवानको संज्ञा दिए । उच्च अदालत र सर्वोच्चबाट दोषिहरु अझै उम्कन्छन की भन्ने शंका मनमा रहेको उनले संसय सुनाए ।

bhumi-sanrakshyan

घटनामा परि ज्यान गुमाएका भेरी नगरपालिका ११ का गोबिन्द शाहीको आमा भिमी कुमारी शाहीले अनिदो र भोकै सहेर पनि न्यायको लागि लडेको बताइन । न्याय नपाउने चिन्तामा रहेका आफूहरुलाई अदालतले न्याय दिएको उनको भनाई छ । उनले जिल्ला अदालतले गरेको फैसलालाई राम्रो र हाम्रो पक्षमा भएको बताईन । अदालतको फैसलाले पीडित परिवार र सबैको मनमा शान्ती भएकोले खुसी मिलेको शाहीले बताइन । न्यायको माग गदै अदालतमा धर्ना दिन चार दिन अघि रुकुम मुसिकोट पुगेका पिडित परिवार बुधवार जाजरकोट फर्किएका छन् । घर पुग्दा आफन्तहरु र पिडित परिवारहरु न्याय पाएको भन्दै खुसीसाटासाट गरेका छन् ।
उक्त घटनामा संलग्न भएको भन्दै रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ मध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको हो । अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले पुर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला भएको जानकारी दिए ।

यस्तै, जन्मकैद फैसला भएका २४ जनामध्ये मल्ल ठकुरी थरका १८ जनालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवानासमेत भएको छ । त्यसैगरी, नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको छ ।साढे तीन वर्ष पहिला रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटका नवराव बिकसहित ६ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको फैसलापछि पीडित परिवारले न्याय पाएको बताएका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya