एम्नेष्टी इन्टरनेशनल नेपाल जाजरकोटको ग्रुप ७७ को संयोजकमा पुनः शाह निर्विरोध

प्रवाह संवाददाता । जाजरकोट

मानबअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपाल जाजरकोटको ग्रुप ७७ को संयोजकमा पुनः खम्बजंग शाह निर्विरोध निर्वाचित भएका छन् । जिल्ला सदरमुकाम खलंगामा शुक्रवार सम्पन्न भएको चौथो साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट शाहको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो । समितिको सह संयोजकमा रामछाया शाही, सचिवमा बालकुमार शर्मा, कोषाध्यक्षमा खुमकली डाँगी, सहसचिवमा मुकुन्द प्रसाद शर्मा, सदस्यहरुमा राजेन्द्र कार्की, सहदेव बस्नेत, सीता जैसी र शान्तबहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक कृष्णराज श्रेष्ठले प्रमाण पत्र प्रदान गरेका थिए ।


जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले उद्घाटन गरेको जिल्ला अधिवेशनमा एम्नेष्टी इन्टरनेशनलका नेशनल वोर्ड सदस्य देवेन्द्र सेजुवाल, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, पुर्व अध्यक्ष राजेन्द्र कार्की लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए । जाजरकोट गु्रपका अध्यक्ष खम्बजंग शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पुर्व अधयक्ष राजेन्द्र कार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेशनल बोर्ड सदस्य सेजुवाल, समन्वय प्रमुख खत्री र प्रजिअ सुनारलाई मायाको चिनो प्रदान गरिएको थियो । अधिवेशन सफलताको लागि एम्नेष्टीका नेशनल बोर्ड अध्यक्ष विपीन बुढाथोकीले शुभकामना सन्देश पठाएका थिए ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya