बा शिर्षकको खुला कविता प्रतियोगितामा जयन्ता प्रथम

हेमन्त कुमार खत्री । जाजरकोट

बा शिर्षकको खुला कविता प्रतियोगितामा कार्कीगाँउकी जयन्ता खत्रीले प्रथम स्थान हासिल गरेकी छन् । ३६जना प्रतियोगि मध्य उत्कृष्ट कविता वाचन गदै खत्रीले प्रथम स्थान हासिल गरेकी हुन् । शुक्रवार विहान खलंगाको ठाँटीवजारमा विभिन्न ३९ जना कवि तथा कवयित्रीहरुले कविता मार्फत आफना वावाको महिमा गाएका छन् ।

कुशँे औँसी अर्थात वुवाको मुख हेर्ने दिनको अवसरमा जिल्लामा पहिलो पटक आयोजित मेरा वा शिर्षकको खुला कविता प्रतियोगितामा नयाँ र पुराना गरि साढे दर्जन वढी कवि तथा कवयित्रिहरुले कविता मार्फत खुलेर वावाको महिमा गाएका हुन् ।

bhumi-sanrakshyan

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले हाम्रो जीवनमा वावाको महत्व र गरिमाका वारेमा सार्वजनिक रुपमा चर्चा गराउदै सम्मानभाव वढाउने उद्देस्यले आयोजना गरेको खुला कविता प्रतियोगितामा साना वालवालिका देखि पाका कविहरुले कविता वाचन गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले जानकारी दिए ।

उनले जिल्लाको साहित्य सिर्जनामा इच्छुक नयाँ रपुराना स्रष्टाहरुलाइ उचित अवसर दिन र आफना वुवाले जीवनमा खेल्ने भुमिका वारे सार्वजनिक रुपमा चर्चा गरेर नयाँ पुस्तालाइ विशेष सन्देश दिन कुशेँ औसींकै दिन मेरा वा शिर्षक राखेर खुला कविता प्रतियोगिता आयोजना गरिएको वताए ।

कविता प्रतियोगितामा २४ कवयित्री र १५ जना कविहरुले कविता वाचन गरेका थिए । ३९ जना मध्य जनक केसी, अच्युतप्रसाद शर्मा र दिवाकर खनालले अप्रतियोगीको रुपमा कविता वाचन गरेको र अन्य ३६ जनाले प्रतियोगितामा प्रतिष्पर्धा गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा मित्रगणेश श्रेष्ठ, राजेश शर्मा, मनोद शर्मा, टवीन कार्की, कालीवहादुर नेपाली, प्रविण खड्का, विमला पुन, जयकमला पुन, ममता सुनार, सिन्जना केसी, कमला महर, प्रश्ना शाह, इन्दिरा रोकाय, रामप्रसाद पौडेल, सुनीता रेग्मी, सपना नेपाली, अनिता विक, नवीन कुमार चलाउने, निरा केसी, जयन्ता खत्री, रिदम वली, योगेस चलाउने, तारा नेपाली, कमला विक, पुष्पान्जली आरसी, निरुता घर्ती, रितु शर्मा, दिक्षा केसी, सविता थापा, मिनु वटाला, अनिता विक, स्किनर अधिकारी, हिप्सना आरसी, हेमन्तकुमार खत्री, निशान सिंह र मेघराज चलाउनेले मेरा वा शिर्षकमा कविता वाचन गरेका थिए । प्रतिष्पर्धामा रहेका ३६ जना मध्य विभिन्न चार जनाले प्रथम द्धितीय तृतीय र सान्तव्य स्थान प्राप्त गरेका छन् ।

भेरी ज्ञानोदय क्याम्पसका उपप्राध्यापक चन्द्रवहादुर वुढा, स्थानीय वृद्धिजीवि केदारवहादुर शाह र त्रिभुवन माध्यमिक विद्यालय खलंगाका नेपाली विषय शिक्षक अमरवहादुर रोकाय सम्मिलित मुल्यांकण समितिले गरेको मुल्यांकण अनुसार छेडागाड नगरपालिका १३ की जयन्ता खत्रीले प्रथम स्थान प्राप्त गरेकी छिन् भने त्रिभुवन माध्यमिक विद्यालय खलंगाका शिक्षक राजेश शर्माले द्धितीय स्थान प्राप्त गरेका छन् ।
यस्तै वारेकोट गाउँपालिकाका टवीन कार्कीले तृतीय स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा सान्त्वना स्थान मनोद शर्माले प्राप्त गरेका छन् । विजयी कवि कवयित्रीहरुलाइ शनिवार गैरीखालीमा आयोजना गरिने तीज गीत प्रतियोगिताको समापनका वेला पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कविता प्रतियोगिता सन्चालन समितिका संयोजक अच्युतप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार प्रथम हुनेलाइ ३ हजार ५ सय र प्रमाण पत्र,द्धितीय हुनेलाइ २ हजार ५ सय र प्रमाणपत्र, तृतीय हुनेलाइ एक हजार ५ सय र प्रमाण पत्र तथा सान्त्वना हुनेलाइ एक हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ ।

जिल्लामा पहिलो पटक वावाको वारेमा कविता वाचन गर्ने प्रतियोगिताले समाजमा सकरात्मक प्रभाव पार्नुका साथै स्रष्टाहरुलाइ आफनो सिर्जना प्रदर्शन गर्ने अवसर जुराइदिएको प्रतियोगितामा सहभागि टवीन कार्कीले वताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya