बसाई ब्यबस्थापनका लागि १४ विद्यालयलाई सामग्री हस्तान्तरण

माया घर्ती । जाजरकोट

वल्ड भिजन ईन्टरनेशनल संगको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्चद्वारा नलगाड नगरपालिका जाजरकोटका १४ वटा बिद्यालयलाई पढाई स्तर सुधारका आवश्यक सामग्री वितरण गरिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, नलगाड नगरपालिकाका शिक्षा अधिकृत बलवीर वि.क., पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष सहदेव बस्नेत, पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्त लगायतको उपस्थितिमा विद्यालयलाई ब्यवस्थापन सामग्री हस्तान्तरण गरिएको हो ।

बसाई ब्यवस्थापनका लागि राउन्ड टेबल एक सय ५५थान , कार्पेट ७ सय ५३ मिटर, पिफर्म १ हजार १ सय २९ थान, कुशन ७ सय ६१ थान, सिकाई कुना दराज ८४ थान र कथा किताब एक हजार पाँच सय वटी हस्तान्तरण गरिएको छ । यी सामग्रीको लागत १७ लाख ६४ हजार रहेको छ ।

bhumi-sanrakshyan

जोखिममा रहेका ८५० जना बिद्यार्थीहरुुलाई शैक्षिक सामग्री बितरण गरिएको थियो । प्रति विद्यार्थी बराबर झोला, दर्जन कपि, दर्जन कलम, १० वटा ईरेजर, १० वटा कटर र पेन्सिल गरि १४ लाख ७३ हजार लागतका सामग्री बिद्यालयमा अध्ययन गरिरहेका बालबालिकालाई हस्तान्तरण गरिएको पाच तारासंरक्षण मञ्च जाजरकोटका अध्यक्ष छवि पन्तले जानकारी दिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya