रेडक्रस दिवसको अवसरमा जाजरकोटमा ९ जनाले गरे रक्तदान

राजेन्द्र कार्की । जाजरकोट

नेपाल रेडक्रस सोसाईटीको स्थापना दिवसको अवसरमा जाजरकोटमा ९ जनाले रक्तदान गरेका छन् । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोट र नेपाल रेडक्रस चौरजहारी उपशाखाको आयोजनामा जाजरकोट जिल्ला अस्पतालमा मंगलवार विहान एक कार्यक्रमका विच रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । मिसन अस्पताल चौरजहारी सँगको सहकार्यमा रगत संकलन गरिएको नेपाल रेडक्रस सोसाईटी जाजरकोट जिल्ला शाखाका सभापति हरिबहादुर बस्नेतले बताए ।

bhumi-sanrakshyan

जाजरकोटमा ब्लड बैक नभएकोले संकलित रगत मिसन अस्पताल चौरजहारीमा राख्ने गरी रगत संकलन गरिएको उनले बताए । रेडक्रसको ६१ औं स्थापना दिवसको अवसरमा जाजरकोट अस्पतालका विरामीलाई दुध र विस्कुट समेत वितरण गरिएको थियो । जाजरकोट सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मा, अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिंह, सुरक्षाकर्मीहरु, रेडक्रसकर्मी लगायतको उपस्थितिमा विरामीलाई एक एक गिलास दुध र एक पोका विस्कुट वितरण गर्नुका साथै रक्तदान समेत गरिएको थियो । रगत दिनुपर्ने विरामीलाई जाजरकोट अस्पतालले सवैभन्दा नजिकको अस्पताल चौरजहारी स्थित मिसन अस्पताल रिर्फर गर्ने गरेको छ । रगतको अभावमा कसैको ज्यान नजाओस भनेर आवश्यक पर्ने रगत संकलन अभियान थालिएको सभापति बस्नेतले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya