प्रवाह संवाददाता । जाजरकोट
कोरियाको ग्लोबल कम्पनी ‘टेराबियो’ले भेरी नगरपालिकाको फोहर ब्यवस्थापनमा सहयोग गर्ने भएको छ । जिल्लाको भेरी नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियाको ग्लोवल कम्पनी ‘टेराबियो’ सँग सम्झौता गरेको छ । नगर प्रमुख चन्दप्रकाश घर्तीले फोहोर व्यवस्थापनका लागि कम्पनी सँग सम्झौता गरेका हुन ।
नेपालमा रहेको फोहोर व्यवस्थापन सम्बन्धी समस्यालाई समाधान गर्नका निम्ती कोरियाको ग्लोवल कम्पनी ‘टेराबियो’ सँग पहिलो चरणको सम्झौता गरिएको नगरप्रमुख घर्तीले बताए ।एक कार्यक्रमका लागि कोरिया पुगेका नगर प्रमुख घर्तीले उक्त कम्पनी सँग सम्झौता गरेका हुन् ।
कार्वन उत्सर्जन, शुन्य अपशिष्ट जस्ता विविधि पक्षहरुलाई यो प्रविधिले सम्बोधन गर्ने नगरप्रमुख घर्तीले बताए । काभ्रेको धुलिखेल नगरपालिका र भेरी नगरपालिकाले हस्ताक्षर गरेका छन् । कार्यक्रम कार्यान्वयन भएपछि भेरी नगरपालिकाको फोहर ब्यवस्थापनमा महत्वपुर्ण योगदान पुग्ने नगर प्रमुख घर्तीको विश्वास छ । 


