प्रवाह संवाददाता । जाजरकोट
डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय जाजरकोटले त्रिभुवन माध्यमिक विद्यालय खलंगामा ६ कक्षामा अध्ययनरत छात्रा चाँदनी बुढालाई छात्रबृत्ति प्रदान गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत बार्षिक कार्यक्रम तथा बजेटमा ब्यवस्था भए अनुसार नगद दुई हजार पाँच सय रुपैया छात्रवृत्ति प्रदान गरिएको हो ।
डिपोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडका शाखा प्रबन्धक माधव प्रसाद श्रेष्ठले विपन्न तथा जेहेन्दार चाँदनीलाई छात्रवृत्ति प्रदान गरेका हुन् । पठन पाठनमा सहयोग पुगोस भनेर छात्रवृत्ति प्रदान गरिएको शाखा प्रवन्धक श्रेष्ठले बताए । चाँदनीका बुवा गंगाराम बुढाले दोस्रो विवाह गरेपछि आमा जानुका विक सँग छुट्टै बस्दै आएका छन् । बुवाले नहेरेपछि चार बहिनी छोरीहरुको लालनपालन र पठनपाठनमा समस्या हुदै आएको दिदि रोशनी बुढाले बताइन । उनले छात्रबृत्ति प्रदान गर्ने डिप्रोक्स लघुवित्तलाई धन्यवाद दिईन । विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्लले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर डिप्रोक्सले सामाजिक उत्तरदायित्व बहन गरेकोमा हार्दिक धन्यवाद दिए ।


