करार कर्मचारीको म्याद नथप्ने पालिकाको निर्णय प्रति पेशागत संगठनको आपत्ति

राजेन्द्र कार्की । जाजरकोट

शिवालय गाउँपालिका र छेडागाड नगरपालिकाले करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि पेशागत ट्रेड युनियनहरुको आपत्ति जनाएका छन् । नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन ( निजामती), राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ र एकीकृत सरकारी कर्मचारी संगठन जाजरकोटले प्रेस विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका हुन् ।

फरक आस्था राखेकै आधारमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको रोजगारी खोस्ने कार्यको निन्दा समेत व्यक्त गरिएको छ । कार्यसम्पादनका आधारमा कर्मचारीहरुको सम्झौता नविकरण गरिनुपर्ने समेत माग राखिएको नेपाल निजामती कर्मचारी संगठन जाजरकोटका अध्यक्ष यज्ञ अधिकारी बताए ।

bhumi-sanrakshyan

विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको करार सेवामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन स्तर मुल्यांकन तथा नयाँ अवधिका करार सम्झौता सम्बन्धी मापदण्ड २०७८ समेतलाई वेवास्ता गरी आफ्नो नेतृत्वको निकायमा फरक आस्था राखेकै आधारमा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको रोजगारी खोस्ने कार्यको घोर निन्दा गर्नुका साथै त्यसरी गरेको प्रतिसोध तथा पूर्वाग्रह बाट करार सम्झौता नवीकरण तथा म्याद थप नगर्ने भनी गरेको निर्णय सच्याई निजहरुलाई विना शर्त अविलम्ब काममा लगाउनका साथै आगामी दिनमा समेत यस्ता गतिविधीहरु नगर्न हुन सम्बन्धित स्थानीय तहहरुलाई हार्दिक अनुरोध गर्दछौं ।’

यस्तै कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई काममा फर्कने वातावरण सिर्जना नगरेमा संघर्षका कार्यक्रमहरु अघि बढाउन बाध्य हुने भनी चेतावनी समेत दिईएको छ । पशु प्राविधिक, स्वास्थ्यकर्मी, शिक्षक, बालविकास सहजकर्ता, सामाजिक परिचालक, वडा कार्यालयका कर्मचारी लगायत करीव तीन सय पचास कर्मचारीको करार सम्झौता नविकरण नभएको हो । शिवालय गाँउपालिकामा एक सय पचास भन्दा बढी र नलगाड नगरपालिकामा दुई सय बढी करार कर्मचारीको म्याद थप नगर्ने ति पालिकाले निर्णय गरेपछि साउन १ गते देखि उनीहरुको रोजगारी गुमेको हो । पालिकाहरुले कार्य सम्पादन मूल्यांकनका आधारमा कर्मचारीको पुनः करार सम्झौता गर्न सकिने समेत उल्लेख गरेका छन् । यस अघिका सरकारले कार्यकर्ता भर्ति गरि पालिकालाई अनावश्यक ब्ययभार पारेकोले म्याद थप नगर्ने निर्णय गरिएको जनाएका छन् । आवश्यकता र कार्यसम्पादन मुल्याकनका आधारमा कर्मचारीको ब्यवस्थापन गरिने शिवालय गाँउपालिकाका प्रमुख प्रशासकिय अघिकृत राजेन्द्र कुमार चन्दले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya