शिक्षाका लागि राष्ट्रिय अभियानको जिल्ला शाखा गठन

प्रवाह संवाददाता । जाजरकोट,

जाजरकोटमा “शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल”को जिल्ला शाखा गठन भएको छ । जिल्लामा क्रियाशिल शिक्षा तथा बालअधिकार,मानवअधिकार को क्षेत्रमा काम गर्ने सस्थाहरुको प्रतिनिधित्व गराई ९ सदसीय जिल्ला साखा निर्माण गरिएको हो ।

युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटका जिल्ला कार्यक्रम संयोजक सहदेव बस्नेतको संयोजकत्वमा भएको उक्त संजालका सदस्यहरुमा पाँचतारा युवा संरक्ष मञ्च वाट पुष्पराज खतीवडा,पहाडी क्षेत्र विकास अभियान वाट रण वहादुर कार्की,ग्रामीण समाज नेपाल वाट मोती वली,मालिका सामुदायिक सामुदायिक सेवा केन्द्र वाट जमुना पन्त रहनु भएको छ । त्यसैगरि वहुआयामिक विकास तथा अध्ययन मंच वाट धनमाया वुढाथोकी, एम्नेष्टी इन्टरनेसनल को तर्फवाट खम्व जंग शाह,अशल शासन क्लवको तर्फवाट रोशना सिंह र मानव अधिकार संगठनको तर्फवाट रमेश सिह रहनु भएको छ ।

bhumi-sanrakshyan

उक्त कार्यक्रममा शिक्षाका लागि राष्टिय अभियानका केन्द्रीय कोषाध्यक्ष टीकाराम आचार्र्य र केन्दीय कार्यालयका राम गैरे ले संजालको उद्धेस्य र कार्यको वारे जानकारी गराउनु भएको थियो । संस्थाले हाल सम्म शिक्षा तथा बालवालिकाहरुको गुणस्तरीय तथा सार्वजनिक शिक्षाका विषयमा वकालत तथा नितिनिर्माणका क्षेत्रमा पैरवी गर्दै आएको समेत जानकारी गराइएको थियो ।

सन २००३ मा स्थापना भएको यस संजालको हाल सम्म ४७ जिल्लाका ४ सय ३७ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु आवद्ध भएका छन । यस संजालले जिल्लामा शिक्षा सम्वन्धि काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरु विच समन्वयको काम गर्ने छ ।यस संजालले जिल्लामा पहरेदारी,खवरदारी र साझेदारिको लागि सवै पक्ष सँग सहकार्य गरेर कार्य गर्ने संजालका संयोजक सहदेव बस्नेतले बताउनु भयो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya