जाजरकोटमा निर्वाचनको तयारी तिव्र

मायापन्त । जाजरकोट

आसन्न बैशाख ३० मा हुनगइ रहेको स्थानीयनिर्वाचनको लागिजिल्लानिर्वाचनकार्यालय जाजरकोटले तयारी तिव्र पारेको छ । मतदान स्थल, मतदान केन्द्रको निर्धारण तथा जनशक्ती व्यवस्थापन लगाएत काम भइ रहेको छ । जिल्लामा ८५ मतदान स्थल तथा १ सय ४२ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन निष्पक्ष, धाँधली रहित र स्वतन्त्र रूपमा सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालय जाजरकोटका प्रमुख नृपराज उपाध्यायले बताउनु भएको छ ।

निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावली अनुसार जाजरकोटमा मतदाताको संख्या१ लाख ३ हजार ८ सय ६९ रहेको छ भने अन्यमा २ जनामतदाता रहेका छन् ।चुनावी माहोललाई भय रहित र सुरक्षित बनाउन प्रहरीले तयारी थालेको जाजरकोट प्रहरीले जनाएको छ । स्थानीय निर्वाचनको लागि जाजरकोट प्रहरीले ८५ ओटै मतदान स्थल तथा १ सय ४२ मतदान केन्द्रमा प्रहरीले राम्रो सुरक्षा प्रबन्ध गर्ने प्रहरी नायवउपरिक्षक सन्तोष निरौंलाले बताउनु भएको छ ।

bhumi-sanrakshyan

उहाँले निर्वाचन सुरक्षामा ६ सय प्रहरी ६ सय २५ म्यादीप्रहरी परिचालन हुने बताउनुभयो । चुनावी माहौललाई भय रहित र सुरक्षित बनाउन प्रहरी कुनै कसर नराख्ने मतदाता र उम्मेदवारका लागि सुरक्षामय वातावरण बनाएकाछौं जाजरकोट प्रहरी प्रमुख डिएसपी निरौंलाले भन्नुभयो । निर्वाचनलाई भएरहित वातावरणमा सम्पन्न गर्न एकिकृत सुरक्षा योजना बनाएर अगाडि बढेको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताउनु भएको छ । प्रहरी, सशस्त्रप्रहरी, म्यादीप्रहरी तथा नेपाली सेना लगाएत सुरक्षा निकाय परिचालित हुने पनि सहायक प्रजिअ केसीको भनाइ छ ।

जाजरकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेमाले), नेपालीकांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, सामाजिकएकता पार्टी, राप्रपा नेपाल, मौलिक जरोकिलो पार्टी, जनजागरण पार्टी, नेपालीकाँग्रेस वि.पी, उन्नतलोकतन्त्र पार्टी गरी १२ राजनितिक दल निर्वाचकार्यालयमादर्ता भएका छन । जाजरकोटमा ३ नगरपालिका ४ गाउँपालिका तथा ७७ वटा वडा रहेकाछन ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya