च्याउ खाँदा विरामी भएका एकै घरका थप तीन जनाको मृत्यु मृत्यु हुनेको संख्या चार पुग्यो

राजेन्द्र कार्की
जाजरकोट १३, साउन

च्याउको तरकारी खाएर गंभिर विरामी परेका जाजरकोटको कुशे गाउँपालिका १, स्याँक्रीका एकै घरका थप तीन जना बालबालिकाको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ । सोमवार गाँउमै एक जना बालिकाको मृत्यु भएको थियो ।

च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ । गत साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउने सहित परिवारका ८ जना विरामी परेका थिए । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ बर्षिया छोरी औसरा, १३ बर्षिया छोरी धनसरा र ११ बर्षिय नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर के.एन. पौडेलले बताए । चलाउनेकी ३ बर्षीया छोरी अञ्जनाको सोमवार गाँउमै मृत्यु भएको थियो । विसालु च्याउ खाएर गंभिर विरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि सोमवार नै सुर्खेत लगिएको थियो ।

bhumi-sanrakshyan

विरामी परेका एक जनाको अवस्था गंभिर रहेको र तीन जनाको अवस्था सामान्य रहेको डा. पौडेलले बताए । ढिलो गरि अस्पताल ल्याएको हुँदा च्याउको विषले धेरै असर गरिसकेको रहेछ जति कोसिस गर्दा पनि बचाउन सकिएन डा. पौडेलले भने विषले शरीर विषाक्त बनाईसकेको थियो ।

स्थानिय जनक उपचारका लागि स्थानिय स्वास्थ्य संस्थामा लैजादै गर्दा अञ्जनाको मृत्यु भएको हो । घरमुली ५० बर्षीय टेकबहादुर चलाउने, ३० बर्षीय छोरा ललित चलाउने, ३० बर्षीय बुहारी कल्पना चलाउने, छोरी पशुपति चलाउनेको सुर्खेतमै उपचार भैरहेको छ । गाँउपालिकाले निजी खर्चमा हेलिकोप्टर चार्टर गरेर विरामीको उद्धार गरेर सुर्खेत पुरयाएको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya