राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको बारेकोट गाँउपालिकामा एक प्रहरी सहित चार जनामा कोरोनाको संक्रमण देखिएको छ । संकास्पदको स्वाव संकलन गरि सुर्खेत पठाईएका एक सय १२ मध्य चार जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बारेकोट गाँउपालिका वडा नम्बर १ का ६ र १४ बर्षका बालक तथा ३३ बर्षिय महिलामा कोरोना पुष्टि भएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय रामीडाँडाका ५२ बर्षिय एक प्रहरीमा संक्रमण पुष्टि भएको हो । प्रहरी कुन दर्जाका हुन खुलाईएको छैन । भारतबाट आएका उनीहरुलाई स्थानिय एक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट आएर सल्यानको एक क्वारेन्टाइनमा बसेका जाजरकोट भेरी नगरपालिकाका एक १९ बर्षिय युवामा शुक्रबार संक्रमण देखिएको थियो । तर जाजरकोटमै रहेकामा संक्रमण देखिएको पहिलो पटक हो । संक्रमण देखिएपछि बारेकोट गाँउपालिकाले अत्यावश्यक बाहेक सवै कामकाज रोक्ने निर्णय गरेको छ । संक्रमण देखिएका संग सम्पर्कमा रहेकालाई टेसिङ्ग गरेर परिक्षण गरिने र थप सर्तकता अपनाईने गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।
उनीहरुको १० दिन पछि रिपोर्ट आएको हो । भेरी नगरपालिकाको त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसबाट स्वाब संकलन गरि पठाईएका एक सय ३७ जना सवैको रिपोर्ट नेगेटिभ आएको छ ।


