प्रवाह संवाददाता । जाजरकोट
नेपाल रेडक्रस सोसाइटी जाजरकोटले जिल्लाका विभिन्न स्थानिय तह मार्फत त्यहाँ रहेका कोरेन्टाइन ब्यवस्थापनका लागी आवश्यक पर्ने सामग्री सहयोग गरेको छ ।
रेडक्रसले भेरी नगरपालिको पुन्मा खलंगा कुदु वारेकोट गाउपालिका स्वास्थ्य सेवा कार्यालय, शिवालय गाउपालिका, भेरी ज्ञानोदय क्याम्पस , छेडागाड नगरपालिका , जुनीचादे गाउपालिका, प्रहरी चौकी ठाटी र नलगाड नगरपालिकालाइ क्वारेन्टाइन व्यवस्थापनका लागि त्रिपाल ४३ ओटा , कम्वल तीन सय ६० थान , वाल्टीन ९० थान, भाडा बर्तन ३५ थान, मास्क १५० थान सावुन ५० थान, पोष्टरपम्पलेट दुई हजार नौ सय थान, ट्रष्ट १ बटा र सेनीटाइजर १ बन्टल सहयोग गरेको नेपाल रेडक्रस जाजरकोटका मन्त्री धिरेन्द्र शाहले बताए । विपदको बेला रेडक्रसमा भएको आवश्यक सामग्री उपलब्ध गराएको मन्त्री शाहको भनाई छ ।


