प्रहरी दिवसमा अमर प्रहरीका आफन्तलाई सम्मान

राजेन्द्र कार्की । जाजरकोट
६४ औं प्रहरी दिवसको अवसरमा जाजरकोट प्रहरीले अमर प्रहरीका आफन्तलाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक विशेष कार्यक्रमको आयोजना गरि कर्तब्य पालनाको सिलसिलामा दिवंगत भएका अमर प्रहरीका आफन्तलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
प्रहरी जवान कौशल बुढाकी भतिजी सरीता मल्ल, प्रहरी जवान रामबहादुर नेपालीका दाजु गोपाल नेपाली, प्रहरी जवान निर्मल जंग शाहका दाजु कृष्णजंग शाह, विरेन्द्र खड्काकी आमा सरस्वती खड्का लगायतका अमर प्रहरीका आफन्तलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । विहिवार मात्र अपर प्रहरीको स्मारक अनावरण गरिएको थियो । जाजरकोट जिल्लामा कर्तब्यपालनाको सिलसिलामा दिवंगत भएका प्रहरी निरीक्षक नवराज पौडेल सहितका २७ जना र जाजरकोट घरभई अन्य जिल्लामा दिवंगत भएका ६ जनाको नामनामेसी सिलालेखमा राखिएको छ ।
प्रहरी दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले नागरिकको सुरक्षाको लागी अहोरात्र खटिएको प्रहरीको प्रशंसा गदै नागरिक पनि बद्री विनाका प्रहरी भएकोले प्रहरीलाई सघाउनु पर्ने बताए । देशमा शान्तिसुरक्षा, अपराध नियन्त्रण, लागु पदार्थ ओसारपसार, मानव बेचविखन, लैगिंक हिंसा नियन्त्रणमा प्रहरीले खेलेको भुमिका निकै सह्रानिय छ उनले भने ‘यस दिवसले अझै नागरिक मैत्री सेवा र जनविश्वास कायम गर्न सकोस यही शुभकामना छ ।’
कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जनताको सुख दुखको साथी प्रहरी भएको बताउँदै जाजरकोट प्रहरी नागरिकको मन जित्न सफल भएको बताए । ‘प्रहरी अनुसन्धानमा सवैले सहयोग गरे मात्र अपराध नियन्त्रणमा सजिलो हुन्छ’ उनले भने ‘शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरीको जत्तिको भुमिका हुन्छ त्यतिकै भुमिका आम नागरिकको पनि हुन्छ ।’ उनले स्थानिय तहको तर्फबाट प्रहरीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत प्रकट गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न प्रहरीले निर्वाह गरेको भुमिकाको प्रशंसा गदै नागरिककै सुरक्षाका लागी स्थापना भएको प्रहरी संगठनको सफतलाको लागी नागरिकको भुमिकाको पनि महत्वपुर्ण स्थान हुने भएकोले सवैले प्रहरीलाई सहयोग गर्नु पर्ने बताए । अहिलेको युग सुचनाको युग भएकोले हरेक सुचना दिएर सहयोग गर्न नागरिकलाई उनले आग्रह गरे । नागरिक अगुवा राजेन्द्र विक्रम शाहले प्रहरी दिवसको शुभकामना दिदै प्रहरीको काममा अझै निखरता, पारदर्शीता र चुस्तताको कामना गरेका छन् । प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्रीले निमन्त्रणलाई स्वीकारेर कार्यक्रममा आउने सवै अतिथि र आगुन्तुकलाई धन्यवाद दिदै आगमी दिनमा प्रहरीको सेवा प्रवाहमा थप चुस्त दुरुस्त पारिने प्रतिवद्धता दिएका छन् । कार्यक्रममा दिवसको अवसरमा आयोजित भलिवल, ब्याटमिन्टन, टेवल टेनिस लगायतका खेलमा विभिन्न स्थान हासिल गर्ने खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै विभिन्न स्थानमा रहेका प्रहरी युनिटलाई निशुल्क जग्गा दिने जग्गादातालाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya