बर्षातले घर भत्किदा जाजरकोटमा ८ जना घाइते

राजेन्द्र कार्की । जाजरकोट
अविरल बर्षातका कारण गएराती जाजरकोटमा घर भत्किँदा ८ जना घाइते भएका छन् । छेडागाड नगरपालिका–१२ काँडागाउँका पदम अधिकारीको घर भत्किँदा परिवारका ८ जना घाइते भएका हुन् । शुक्रवार विहान एक बजे घर भत्किएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा घरमुली ३५ वर्षीय पदम अधिकारी, १० वर्षका दिनेश अधिकारी, ३० वर्षकी सरिता अधिकारी, १४ वर्षका नवीन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षकी सुजता अधिकारी, १६ वर्षकी संगीता अधिकारी र १४ वर्षका नवराज अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार ६ जनालाई जिल्ला अस्पताल जाजरकोट ल्याईएको छ । पदम, दिनेश र सरीता गंभिर घाइते भएका छन् । संगीता र नवराज सामान्य घाइते भएका छन ्। उनीहरूलाई घरमै राखिएको छ । वर्षाका कारण ढुंगा, माटोले बनेको एकतले कच्ची घर भत्किएको डीएसपी पाण्डेले जानकारी दिए ।
नलगाड न.पा. वडा नं.८ स्थित कायाखेत भन्ने स्थानमा सडक माथि बाट पहिरो आई डोल्पा जाजरकोट सडक खण्ड अबरुद्ध भएको छ । पहिरोले अवरुद्ध बाटो खुलाउने कार्य भैरहेको प्रहरीले जनाएको छ ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya