July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

निवन्धः ‘लागु औषध दुर्व्यसन नियन्त्रणमा विद्यार्थीको भुमिका’

lagu ausadhi biruddha abhiyan jajarkot

सौरभ सुन्दर वली । रिम्ना
पृष्ठभुमिः
कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रिय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै प्रयोगकर्ताहरुको भावना तथा सोचाइमा परिवर्तन ल्याउछ भने यसलाई लागु औषध भनिन्छ । विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाइ स्वस्थ शरिरको लागि प्रयोग गर्न आवस्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ । औषधि भन्नाले शरीरको व्यवस्थालाइ परिवर्तन अथवा असर पार्ने र रासायनिक पदार्थ हो । लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार लागु औषध भन्नाले गाजा, चरेस , हिरोईन , अफिम आदि बुझिन्छ ।

लागु औषध दुर्व्यसनको अवस्थाः
विश्वमा लागु औषधबाट करिव ३ करोड व्यक्ति प्रत्येक्ष प्रभावित तथा पिडित छन । ३ खर्व, ३२ अर्व डलर बराबरको वार्षिक कारोबार लागु औषधमा हुने गरेको छ । यसबाट वर्षेनि एक करोड भन्दा बढिले ज्यान गुमाएका छन । लागु औषध कारोबार सबैभन्दा बढि युरोप महादेशमा हुने गरेको पाइन्छ । त्यसपछि अमेरिका हो भने नेपाल पनि यसबाट सुरक्षित छैन । २०७६ सालमा गरेको सर्वेक्षणले १ लाख ३० हजार ४ सय २४ जना यसमा संलग्न रहेका छन । नेपालमा सबैभन्दा बढि लागु औषध कारोबार काठमाडौमा हुने गरेको पाइन्छ ।

लागु औषध दुर्व्यसनका कारण ः
लागु औषध दुर्व्यसनका कारणहरु धेरै छन । खासगरि आमाबुबाको रेखदेख नहुनु, साथीहरूको लहलहैमा लाग्नु , समयमा बढि पैसा कमाउने मोह , मानसिक तनाव , गरिबी , चेतनाको अभाव र लागु औषधजन्य औषधिको जथाभावी बिक्रीवितरणका कारण लागु औषध दुर्व्यस्सनी बढेको पाइन्छ । लागु औषध दुर्व्यसन नियन्त्रणको लागि विद्यार्थीको ठुलो भुमिका छ ।

लागु औषध दुर्वसन नियन्त्रणमा विद्यार्थीको भुमिकाः
लागु औषध विश्वभरका व्यक्ति र समुदायलाइ असर पार्ने एउटा व्यापक समस्या हो । विद्यार्थीहरु समाजको भविस्य भएकाले यस खतरासंग लड्न विद्यार्थीहरुले निम्न महत्त्वपूर्ण भुमिका खेल्न सक्छ्न ः
१) शिक्षा÷ ज्ञानः
शिक्षा अर्थात ज्ञान महत्त्वपूर्ण पक्ष हो, जहाँ विद्यार्थीहरुले महत्त्वपूर्ण प्रभाव पार्न सकिन्च । ज्ञान शक्ति हो र विद्यार्थीहरुले स्कुलमा व्यापक औषधि शिक्षाको वकालत गर्न सकिन्छ । सर्व प्रथम त आफु रोल मोडल अर्थात नमुना बन्नु पर्छ र आफ्ना साथिहरुलाइ लागु पदार्थको प्रयोगको खतरा बारे शिक्षा दिन महत्त्वपूर्ण भुमिका खेल्न सकिन्छ । सहकर्मी शिक्षा कार्यक्रमहरु जहा विद्यार्थीहरुले आफ्ना संगी साथिहरुलाइ शिक्षित गर्न सकिन्छ ।
२) सचेतना ः
सचेतना लागु औषध दुर्व्यसन नियन्त्रणको आधारस्तम्भ हो । विद्यार्थीहरु विभिन्न सामाजिक सर्कलहरुको हिस्सा भएर लागु औषध दुरुपयोगका खतराहरु बारे सचेतना फैलाउन सकिन्छ । विद्यार्थीहरु आफ्ना साथिलाइ लागु पदार्थको लतको शारीरिक, मनोबैज्ञानिक र सामाजिक परिणामहरुको बारेमा शिक्षित गर्न विभिन्न अभियानहरु, सेमिनारहरु र कार्यशालाहरु आयोजना गर्न सकिन्छ । सामाजिक मिडिया, फेसबुक , जस्ता माध्यम बाट सचेतनामुलक गतिविधि गर्न सकिन्छ ।
३) साथिहरुको सहयोग ः
साथिहरुको सहयोगले लागु पदार्थको लतको रोकथाममा महत्त्वपूर्ण भुमिका खेल्न सकिन्छ । विद्यार्थीहरुले आफ्ना समस्याहरु छलफल गर्न र मद्दत खोज्नका लागि व्यक्तिलाइ सुरक्षीत ठाउ उपलब्ध गराउन आफ्ना विद्यालयहरु र सामुदायीमा सहायता समुह गठन गर्न सकिन्छ।
४) सामुदायिक संलग्नताः
सामुदायिक संलग्नता अर्को क्षेत्र हो जहाँ विद्यार्थीले महत्त्वपूर्ण योगदान दिन सक्छ्न । सामुदायिक सेवा गर्न स्थानीय संस्थाहरु, आमा समुह, टोल सुधार संग सहकार्य गरेर विद्यार्थीले लागुपदार्थको प्रयोगलाइ कम गर्ने सहयोगी बाताबरण सिर्जना गर्न मद्दत सक्छ्न।बालक्लव मार्फत विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्न सकिन्छ । खराव साथिको संगत नगर्ने, फुर्सदको समयमा खेल खेल्ने , पत्रपत्रिका पढ्ने एवम् मनोरञ्जन हुने ठाउँ तिर सरिक हुनुपर्छ ।
निष्कर्ष ः
राज्यले जतिसुकै निति नियम बनाइ करोडौं रकम खर्च गरेर लागु औषध सम्बन्धि कार्यक्रम ल्याए पनि विद्यार्थीले सकारात्मक भुमिका खेल्न नसके अपुरो र अधुरो हुन्छ। विद्यार्थीले आफ्नो क्षमता पहिचान गरि लागु औषध मुक्त समाज निर्माण गर्न सक्रिय कदम चाल्नुपर्छ ।

(लेखक त्रिवेणी शान्ति वालक्लव भेरी त्रिवेणी मा. वि.रिम्ना जाजरकोटका अध्यक्ष तथा ९ कक्षामा अध्ययनरत छात्र हुन् ।)

 

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad