July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

बक्तृत्वकला प्रतियोगितामा त्रिभुवन माविकी छात्रा लक्ष्मी प्रथम

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संबाददाता । जाजरकोट

अखिल(क्रान्तिकारी) जाजरकोट जिल्ला समिति द्वारा आयोजित “जातीय छुवाछूत विरुद्ध हाम्रो भुमिका“ बिषयक जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा लक्ष्मी विक प्रथम भएकी छन् । प्रतियोगितामा छेडागाड नगरपालिकाका रमेश रावत द्धितिय, शिव मावि कालेगाँउकी इरा केसी तृतिय र अर्जुन शाही तृतिय भएका छन् । प्रतियोगितामा विजेतालाई नगद र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रथमलाई २० हजार नगद, द्धितियलाई १५ हजार, तृतियलाई १० हजार र सान्तोना हुनेलाई ५ हजार नगद रुपैया प्रदान गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रदीप शर्मा आचार्यले बताए । समाजमा विद्यमान जातिय छुवाछुत अन्त्यका लागि चेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष आचार्यले बताए । विद्यार्थीमा सिर्जनशिलता जगाउन बक्तृत्वकला प्रतियोगिताले सघाउ पुरयाउने उनको विश्वास छ । कार्यक्रममा माओवादी केन्द्रका नेता ढकवीर राना, अखिल क्रान्तिकारीका नेता महेश अधिकारी, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष उत्तर बटाला लगायतको उपस्थिति रहेको थियो ।

शिक्षा समन्वय एकाई प्रमुख लक्ष्मी भण्डारी, जाजरकोट सम्पदा संरक्षण समितिका अध्यक्ष जनक केसी र रामजानकी आधारभुत विद्यालय इउरीका प्रधानाध्यापक अच्युत प्रसाद शर्मा सहितको निर्णायक मण्डलले प्रतियोगितको मुल्यांकनको भुमिका निर्बाह गरेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad