July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

सन्दर्भ विश्व योग दिवसः विद्यालय शिक्षामा योगको महत्व

lagu ausadhi biruddha abhiyan jajarkot

रेखा शाह । जाजरकोट

आजको एक्काइसौ शताब्दी, सूुचना र प्रविधिको युुगको रुपमा परिभाषित छ । जंगली बर्बरताको युुगबाट विकसित हुुदै आउदा विभिन्न चरनहरु पार गर्दै मनुुष्य जगतले भौतिक रुपमा ठुुलै फड्को मारेको छ । प्रायः असम्भव लाग्ने कुुराहरु पनि विज्ञानले सम्भव तुुल्याएर आफनो क्षमताको प्रदर्शन गरेको अवस्था हामी देख्न सक्छौ । यो सबै कुु्रा औपचारिक शिक्षाबाट सम्भव भएको मान्न सकिन्छ । तर पनि यसको गहिराइमा गयो भने बाह्य रुपमा दिइएको र लिइएको ज्ञानले मात्रै भएको हो भन्ने कुुुुुुुुुुुरालाई पनि पुूर्ण रुपमा समर्थन गर्न सकिदैन । बाहिर उजागर भएर औपचारिक रुपमा यसको चर्चा परिचर्चा नभएता पनि आन्तरिक रुपमा आध्यात्मिक चेतनाको विकास विना सम्भव छैन ।
नयांंंँनयाँ आविष्कार गर्नेहरुले यसको उपयोग गरेर आफनो कार्यंकुुशलतामा प्रयोग गरे तर आम मानिसहरु जो उपभोक्ता बनिरहे उनीहरुलाई आध्यात्मिकताको चेत खुुलेको छैन । त्यसैले त सबै भएर पनि केही नभए जस्तोे के नपाए जस्तो असन्तुुष्टि, तनावयुक्त जीवन व्यतित गर्न आजकोे मानव जाति वा्ध्य भएको छ। विकासको नाममा भइरहेको भागदौडमा केही कुुरा छ््ुुटिरहृेको छ । अरुलाई कमजोर देखाएर वा पछि पारेर आफूू अघि बढ्ने होडबाजी, पछि नपाइएला कि भन्ने डरले सग्रहित गर्ने प्रवृत्ति, दानशीलता, क्षमाशीलता, करुणाभाव जस्ता गुुणहरुको अभावका कारणहरुले गर्दा मनहरु अशान्त छन् । मनको अशान्ति नै जीवनको अपूूर्णता हो। जति जति भौतिक जगतको विकासले विश्व जगतलाई नजिक तुुल्याउदैै छ, एउटा डिभाइसभित्र सिमित गर्दैछ, उति उति व्यक्तिका मनहरु खुुम्चिदै गई्रहैका छन्, सम्बन्धहरु टाढा हुुदै गई्रहेका छन् । यही क्रम जारी रह्यो भने अबको आउदो भविष्य भयावह देखिन्छ ।

देश विकासका मेरुदण्ड, कर्णधारका रुपमा रहेका आजका बालबालिकाहरुको अवस्था हेर्यो चिन्ताजनक छ । कक्षाकोठा भित्र बसेका बालबालिकाहरुको मन भागिरहेको छ । अधिकाश लक्ष्यविहीन छन्,न कुुनै उत्साह छ, न जोशजागर छ न म के गर्दैछुु भन्ने कुुराको वोध छ । कतिपय कूूलततातिर फसिरहेको स्थिति छ ।यो अवस्थामा गरिएको शिक्षण सिकाई क्रियाकलाप कति हदसम्म प्रभावकारी होला सहजै आकलन गर्न सकिने कुुरा रह्यो । अनि यस्तो परिस्थितिमा शैक्षिक गुुणस्तरताको अपेक्षा राखी विध्यालयलाई मात्र जिम्मेवार ठान्न्ुु कति हदसम्म जायज होेला? एउटा बालकको हुुर्काइको समयको विभाजन गर्दा कूूूूूूल समयको जम्मा १५ प्रतिशत मात्र विध्यालयमा बित्छ र बाकी ८५ प्रतिशत घर समाजमा वित्छ भने सस्कारगत अभ्यास,विकास पनि त त्यही अनुुरुप हुुने भयो ।जे जसरी भए नि समस्या चाहि गहिरिदै छ । हरेक समस्याले समाधान पनि साथसाथमा लिएर आएको हुुन्छ ।

हामीले परिकल्पना गरेको र देख्न चाहेको सुुखी, शान्त र समृद्ध जीवन होइन र ? यो सबै हाम्रै हातमा छ । हरेक ब्यक्ति स्वस्थ शरीर, प्रफुुल्ल मन, शान्त चित्त र आफुुले गर्ने व्यवहारप्रति सजग हुुुन थाल्यो भने यही स्वर्गानुुभुुति हुुनसक्छ । जुुन कुुरा योग साधना र आध्यामिक चेतनाको विकासबाट मात्र सम्भव छ भने यो अभ्यास के ६० बर्षपछि आवश्यक हुुन्छ त? आम मानिसको धारणा अध्यात्म भनेको बु्ढेसकालमा गर्ने कुुरा हो । यही त त्रुुटि भैरहेको छ । आफुुलाई चिन्ने, आत्माको अध्ययन त जीवनको शुुरुवाती चरणमै आवश्यक हो ।अत.विद्यालयको औपचारिक शिक्षाको साथसाथमा योग र अद्यात्मलाई जोड्नुु अपरिहार्यता देखिन्छ । आफुुलाई अरुले कस्तो व्यवहार गरुन् भन्ने अपेक्षा हुुन्छ त्यस्तै व्यवहार अरुप्रति गरे त त्यसै सम्बन्ध सुुध्रिहाल्छ अनि एकआपसको सम्बन्ध सुुमधुुर भएपछि घर, समाज, राष्ट्र जताततै शान्ति । शान्त मन मष्तिष्क नै सिर्जनशीलताको जननी हो । यसका लागि व्यक्तिमा श्रद्धाभाव,करुणाभाव,अहोभाव,धन्यवादभाव,कृतज्ञताभाव जस्ता सद्गुुणहरुको विकास हुुन पनि त्यत्तिकै जरुरी छ । यस्ता खालका गुुणहरुको विकास भएन भने क्षमताको दुुरुपयोग हुुन्छ ।

तसर्थ यी गुुणहरुको माध्यमबाट अल्छिपना र अहकार जस्ता मानव जीवनकै सबैभन्दा ठुुला शत्रुुका रुपमा रहेका अवगुुणहरुको सही व्यवस्थापन हुुनसक्छ । हरेक व्यक्ति उर्जाशील भएर जन्मन्छ । उर्जा व्यवस्थापन नै जीवनका.े सबैभन्दा महत्वपुुर्ण बिषय हो । व्यक्तिभित्र रहेका सातवटा चक्रको माध्यमबाट उर्जाको व्यवस्थापन हुुन्छ । जसबाट व्यक्तिमा सबैमा म र म मा सबै देख्न सक्ने भावको, त्यो चेतको विकास हुुन्छ अनि उसको हृदय खुुल्ला हुुन्छ जस्तो भित्र उस्तै बाहिर कुुुनै छलकपट,द्धेष,ईष्र्या र क्लेष रहदैन । यसरी एउटा उदार, सहृदयी र सेवाभावले भरिएको व्यक्ति निर्माण गर्नुु हाम्रो मूूल ध्येय होइन र? आजसम्म हामीले गरेको अभ्यास,देशले अवलम्वन गरेको शिक्षानीति, रणनीति सबै त देखियो, भोगियो,परिणाम स्पष्ट छ । यति भन्दै गर्दा सबै कुुरा सकियो भन्ने हैन । । शैक्षिक गुुणस्तर खस्कियो, पुुस्ता नै खत्तम भयो भँन्दै कु्र्लेर बस््नुुको कुुनै औचित्य छैन ।

 

मानव जीवन सम्भावनै सम्भावनाहरुको पुुन्ज हो । एउटा व्यक्ति भित्र रहेका असिमित सम्भावना,क्षमताहरुलाई उजागर गर्न उचित वातावरणको खाचो पर्दछ । यसको लागि सबै सरोकारवालाहरुको उत्तिकै दायित्व छ । अझ विशेषत. त्रिपक्षीय (अभिभावक, शिक्षक र विध्यार्थी) समन्वयात्मक भूूमिका जरुरी देखिन्छ । अबको समय भनेको नवयुुग निर्माणको समय हो । सहमति र सहकार्यको समय हो । समय भगवान हो । यसका लागि छुुटै योजना, रणनीति तथा कार्यनीतिको मुुख ताकेर समय खेर फाल्नुु हुुदैन। समयको सदुुपयोग गर्दै त्रिपक्षीय समन्वय र सहकार्यलाई अघि बढाउनुुपर्छ । यसमा कुुनै र केही पक्ष मात्र नभएर समग्रतामा हेरिनुु पर्दछ ।
असार ७ गते आज विश्व योग दिवसको रुपमा हामी मनाइरहेका छौ । आफु र समाजका लागि योग भन्ने आदर्श वाक्यका साथ मनाईने विश्व योग दिवसलाई ब्यापक बनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइ मार्फत सवै विद्यालयमा सर्कुलर समेत गरेको छ । सरकारले योगलाई महत्व दिनुलाई सकारात्मक कदमको रुपमा लिन सकिन्छ । जसरी एउटा विरुवाबाट उपयुुक्त फलको अपेक्षा राखी मलजल, स्याहार सुुसार गन्छि , त्यसरी नै एउटा व्यक्तिलाई आध्यात्मिक रुपमा विवेकशील र व्यावहारिक रुपमा उर्जाशील नागरिक तयार गर्न जे मा लगायो त्यही सप्रने मलको रुपमा रहेको उर्जाध्यानलाई जोड्नुुको विकल्प छैन र अहिलेको आवश्यकता पनि त्यही हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad