विद्यालयको बार्षिकोत्सवको अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई सम्मान

प्रवाह संवाददाता । जाजरकोट
विद्यालयको बार्षिकोत्सवको अवसरमा त्रिभुवन मावि खलंगाले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई सम्मान गरेको छ । एसएलसी सम्मको पढाई त्रिभुवन माविबाट पुरा गरेर नेपाल सरकारको उपसचिव पदमा पुग्न सफल प्रजिअ सुनारलाई विद्यालयले ७१ औं बार्षिकोत्सवको अवसरमा शनिवार एक समारोहका विच सम्मान गरेको हो । प्रजिअ सुनारलाई विद्यालयका अध्यक्ष अमृता विसी वलीले दोसल्ला ओढाउनुको साथै सम्मान पत्र प्रदान गर्नुभएको हो ।

भेरी नगरपालिका २ निवासी (हाल भेरी नगरपालिका ४) निवासी सुनारले यस विद्यालयमा २०५९ सालमा ९ र २०६० सालमा १० कक्षा अध्ययन गर्नु भएको थियो । उहाँ सानै देखि मिहिनेती र लगनशील विद्यार्थी रहेको शिक्षक सत्यनारायण मण्डलले बताउनु भयो । सानै उमेरमा निजामती सेवामा प्रवेश गुर्न भएका उहाँ अब्बल प्रशासकको रुपमा चिनिनुहुन्छ । यसै विद्यालयको उत्पादन भएको र हाल प्रमुख जिल्ला अधिकारीको रुपमा जाजरकोटमा कार्यरत रहेकै बेला उहाँलाई सम्मान गर्न पाउँदा आफुहरुलाई निकै गौरबान्वित भएको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्लले बताउनु भयो । आफुलाई सम्झेर विद्यालयले सम्मान गरेकोमा निकै खुसी लागेको प्रजिअ सुनारले बताउनुभयो । सम्मानका लागि हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु । विद्यालयको थप प्रगतीको कामना गर्दछु प्रजिअ सुनारले भन्नुभयो–‘अहिलेको समय र जमाना सँग प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्ने गरि विद्यालयको शैक्षिक उन्नयनका लागि शुभकामना ब्यक्त गर्दछु ।’

भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले कक्षा ८ देखि १० सम्मको पढाई यसै विद्यालयबाट पुरा गरेको बताउदै त्रिभुवन माविलाई शैक्षिक हवका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । त्यसका लागि लगनशीलता र अनुशासन आवश्यक पर्ने बताउँदै उहाँले विद्यालय जुन गतिमा अघि बढ्न र प्रगती गर्नु पर्ने हो त्यो गतिमा जान नसकेकोमा असन्तुष्टि प्रकाट गर्नुभयो । भौतिक संरचनाको विकासले मात्र विद्यालयको शैक्षिक सुधार हुन नसक्ने बताउदै प्रमुख घर्तीले युग सुहाउदो प्रविधिमैत्री शिक्षण हुन आवश्यक रहेको बताउनुभयो

bhumi-sanrakshyan

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृता विसी वलीको अध्यक्षतामा आयोजित बार्षिकोत्सव समारोहका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपप्रमुख दल बहादुर सिंह, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष केदार बहादुर शाह, जिल्ला शिक्षक महासंघका अध्यक्ष आशा शाह कार्की भेरी नगरपालिका–४ का पूर्व वडाअध्यक्ष खम्ब जंग शाह, भेरी ज्ञानोदय क्याम्पस प्रमख बलराम भण्डारी, विद्यालय बाल क्लवका अध्यक्ष प्रवीण प्रकास रावत लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो । उक्त समारोहमा विद्यालय प्रधानाध्यापक भक्त बहादुर मल्लले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बार्षिकोत्सवको अबसरमा विद्यालयले तीन दिन पहिलेदेखि विभिन्न खेलकुद लगाएतका प्रतियोगिताको आयोजना गरेको थियो । उक्त विभिन्न प्रतियोगितामा ६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिएका थिए । समारोहमा विभिन्न छात्रवृति पुरस्कार वितरण गर्नुको साथै विभिन्न खेल प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने प्रतियोगि विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । गीत, नृत्य सहितका विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा ३७ बर्ष सम्म अनवरत सेवा गरेका हालै निवृत्त कर्मचारी मोहनजंग खत्रीलाई २५ हजार नगद सहित सम्मान गरिएको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya