फागुन १ हाम्रो लागि कालो दिन

प्रदीप खड्का,
हिजो जस्तै लाग्छ तर २० बर्ष बितेको पत्तै भयन!
हो आजकै दिन हो कसैले त यस्लाइ महान दिन भनेर सम्झिन चाहन्छन तर म यो दिनलाई हाम्रो परिवारको कालो दिन भनेर सम्झी रहन्छु!सुरुमा ठुलो आवाजमा नारा जुलुस!महान जनयुद्ध सफल पारौं!वीर सहिद लाल सलाम जस्ता अनेकौं नारा सहित महान जनयुद्धका हिमायती हरु अगाडि बडे!लाग्थ्यो आज जिल्ला हान्न सुरु गरे अब हामिलाइ नि लियर जान्छन सुरुमा सेना अगाडि बढयो अब पछि पछि हामी नि जाने त होला जस्ता खुल्दुली भयो किन कि मावोबादी आन्दोलनमा हाम्रो ठुलो सहयोग थियो! तर कुरो जिल्ला कब्जाको रहेनछ!
एकाएक दाइको (कमान खड्का हाल,नेकपा एकिकृत समाजवादी जाजरकोटका जिल्ला अध्यक्ष ) आवाज आयो ऐय मरे मलाई मारे जस्तो आवाज अनि पैसा कता छ भन जस्ता आवाज सहित पल्लो घर बाट वोल्लो घर पैसाको खोजिमा ल्याउदै रहेछ बाहिर निस्किन खोजे घरको बाहिर बाट लक गरेको रहेछ!कमान्डर हुनु पर्छ फेरि निर्देशन आयो सम्पुर्ण घरमा एम्बुस फिट गरिस?जवाफ पनि आयो फिट गरे सर! मन झन तर्शित हुँदै खाट मुनि बाचिन्छ कि भनेर पस्न बाहेक को विकल्प देखिन र खाट मुनि पसे!लामो समय पछी दाइ लाई पनि म लुकेको कोठामै ल्याइयो र चारै तिर बाट भकुण्डो खेले झै गरि कुटपिट गरि टाउको मा पिस्तोल राखी फेरि सोधे पैसा कता छ अनि दाइले जवाफ दिनु भयो मेरो जति सम्पती छ पुरै तेहि पल्लो घरमा छ!अनि जनयुद्धका हिमायतिहरु पैसा भएको घर तिर लागे र दाइ लाई अरु सदस्य भयको ठाँउमा लगेर छोड्यो!
म चै उमेरले १३ बर्ष पुगेको कक्षा ८ म अध्यनरत अलि चलाक नै थिए र त बाच्ने आशले खाट मुनि पसेको हुनु पर्छ !म लुकेको कोठामै धानको भरि भकारी थियो अनि उनिहरुको गिद्दी नजरले तेता पनि छोडेन र धान निकालेर बोरामा भर्दै थियो बोरा सिद्दियो बोराको खोजी गर्दा म फेला परे!अनि फेरि दुई चार झापड पछि त को होस भनी प्रश्न आयो जवाफमा मैले म यहि घरमा बसेर पढ्ने विद्यार्थी हु भने अनि बाकी कुटपिट बाट वचन सफल भय अनि मलाई नि परिवारका सदस्य हरु दाइ भाउजू छोरा सन्तोष छोरी हिमानी भएको कोठामै लियर हुलियो अनि सबैको मनमा लाग्यो कि सबैलाई एउटै घरको एउटै कोठामा मार्ने भय अनि दाइले सम्झाउदै भन्नू भयो सायद मलाई मार्छन होला नमारे पनि उपचारको अभावले मर्छु होला घरको राम्रो ख्याल गर्नु बाबू नानी सानै छन भन्दै भकानियर रुदै रक्ताम्य भएको अनुहार पुछ्दै भाबबिहिल भयौं र मलाई नि लागेन कि परिवारका सबैलाई बचाउछन होला भनेर सायद यो नै हाम्रो अन्तिम सम्बाद हुने भयो किन कि घरमा भएको सम्पुर्ण सम्पत्ति अन्न लता कपडा पसल सहित प्रयोग गरेका सामाग्री लग्नुको हिसाबले नि कोहि सदस्य बाच्ने संकेत थिएन !
बुवा आमा जिउलाको घरमा हुनु हुन्थ्यो छोरा प्रेम पनि पल्लो घर जादा त्यो हुलमा कता हराय उहाँहरु बाहेक हामी जिबित रहने कल्पना नै भयन!सम्पुर्ण सम्पत्ति लिन साझको ७ बजे देखि बिहान को ४ बजे सम्म लागेछ र बिहान पख पुर्ण हामी भएको ठाउमा कमान्डर पुगे र सोधे अरु केही भन्नू छ!भन्नु पर्ने त धेरै थियो तर केही छैन भन्दै दाइले जवाफ फर्काउनु भयो!अनि फेरि आदेश आयो यो ठाँउ छोडेर अन्तै भागिस भने बाकी जग्गा जमिन नि कब्जा हुन्छ भने अनि घरको छानामा भएको सोलार समेत निकाली झलमल्ल बत्ती बाल्दै पुस्तौंदेखि कमाइ आयको लाखौंको सम्पती लुटि नारा बाजि सहित आफ्नो गन्तव्यमा लागे!बिहान पख हुदा सम्म नि कोही छर छिमेकी हाम्रो घर किन आयनन भनेको त सम्पुर्ण छिमेकीका घरमा बाहिर बाट कब्जा लगाइ दियका रहेछन !बिहान पख एकले अर्काको ढोका खोलि हेर्दा ती घरहरुको अगाडि आगो दन्कियको सम्पुर्ण घरहरु रित्तियको सिङ्गो गाउँ नै भाबबिहिल भएको अबस्थामा थियोे!सम्पत्ति रितिय पनि बाकी जीवन जिउनुको बिकल्प थिएन र उपचारको लागि दाइलाइ तलतिर लिनु पर्ने आफन्तहरुको सल्लाह बमोजिम सदरमुकाममा लगि सोही दिन हेलिकप्टर मार्फत राज्धानी लगियो!उपचार पछि तेति बेलाको जन अदालतमै मुद्दा लड्ने निर्णय सहित मलाई के कति कारणले कार्वाही गरियो भनी मुद्दा दर्ता गरियो र मुद्दा पनि जितियो अन्तत हामिलाइ गरिएको कार्वाही पार्टीले गलत गर्यो भनी कार्वाही फुकुवा गर्ने निर्णयले हामिलाइ गाउँ जान निषेध गरियन!तेति बेलाका कार्वाहीमा परेकोहरु गाउँ जान पायका थियनन !
घटना घटनु पुर्ब पार्टीले नेपाल बन्दको आवाहान गरेको थियो
नेपाल बब्दको पुर्ब सन्ध्याम एक जना वृद्ध नेपाली सेनाबाट छोरी गुमाएका उहाँहरुको भाषामा भन्नू पर्दा सहिद परिवारका वृद्ध बुवा घरमा खाने कुरा सकियर चामल किन्न स्थानीय पसलमा बन्दको बेला पसल खोल्न पठाइ चामल लिने क्रममा बन्दकर्ता कार्यकर्ता आइ बन्दको अवज्ञा गर्ने भनी निज वृद्ध बुवालाइ स्कुलको चौरमा लिइ गोरु चुटाइ गर्दा स्थानीय कोहि पनि गयर छुट्टाउन सकेनन् तेति बेला दाइ गयर ती वृद्ध बुवाको ज्यान जोगाउनु भो तेहि गरे बापत धन सम्पत्ति सहित शरीर अङ्ग भंग हुन पर्यो यो घटना अझै ताजै लाग्दछ!
सायद हामी संग ब्यतिगत स्वार्थ हुदो हो त हामी यो ठाँउ सम्म पुग्ने अवस्था हुदैनथियौ होला! कयन राज्नितिक तालमेल एकता निर्वाचनहरुमा हामिले उहाँहरुलाइ दियको समर्थनमा ब्यक्तिगत स्वार्थ कहिले नि राखियन बरु आफै उक्त कार्यमा आफ्नै आर्थिक खर्चमा कारिन्दा बनेर कठिन परिस्थितिमा पनि साथ र सहयोग गरियो!जनयुद्ध देखि गर्दै आयको आर्थिक भौतिक र राज्नितिक सहयोग तपाईहरुका कमान्डरहरुलाइ कमि भएको महसुस भएको छ!नेपाली जन्ताको साथ समर्थन त्याग र बलिदान पनि कमै भयर होला ब्यवस्था त बदलियो जनताको अवस्था जहाँ तहि छ !तपाईहरुको अबस्था बदलियो जनताको अबस्था जहाँको तहि छ!फेरि अर्को अबस्था बदल्न १७००० ले ज्यान गुमाउन नपरो हामी जस्ता श्रमिकहरुले सम्पत्ति गुमाउन नपरोस वृद्ध आमाले छोरा छोरी गुमाउनु नपरोस् नेपाली आमाहरु बिधुवा हुन नपरोस तपाईहरुको वैदेशिक लगानी बडोस जनयुद्ध धनयुद्दमा परिवर्तन होस सम्पुर्ण मा जनयुद्ध दिबसको सुभकामना व्यक्त गर्दछु!
लेखक खड्का हाल निर्माण ब्यवसायी तथा नेकपा एकिकृत समाजवादीका युवा नेता हुन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad