स्थानिय तहमा कार्यरत जाजरकोटका कर्मचारीको पेनडाउन

प्रवाह संवाददाता । जाजरकोट

१४ बुँदे माग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै जाजरकोटका सवै स्थानिय तहमा कार्यरत कर्मचारीहरुले पेनडाउन गरेका छन् ।
आईतबार आन्दोलनलाई समर्थन जनाउँदै पेनडाउन गरिएको आन्दोलन संघर्ष समितिका हिरा परियारले जानकारी दिईन् । कार्यस्थलमा रहँदा हातमा कालोपट्टी बाँधेरमा काम गरेको उनले बताईन् ।

१४ बुँदे मागसहितको ज्ञापन पत्रमा संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा वहाल रहेका स्थायी कर्मचारीहरुलाई निजामतिको परिभाषाभित्र समेटिनुपर्ने, तीन वटै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने लगायत माग गर्दै यतिबेला स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित छन् ।

bhumi-sanrakshyan

संघीय निजामती ऐनले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई विभेद गरिएकै कारण आन्दोलन गर्नु परेको शिवालय गाँउपालिकामा कार्यरत कृषि शाखा प्रमुख तथा कर्णाली प्रदेश अन्दोलन परिचालन समितिका सह संयोजक विश्वामित्र खनालले बताए । स्थानिय तहमा कार्यरत कर्मचारीहरु राजधानी केन्द्रित आन्दोलनमा छन् । जाजरकोटबाट पनि केही कर्मचारी आन्दोलनकै लागि काठ्मान्डौ गएका छन् । आफुहरुका जायज मागहरु सरकारले नयाँ बन्ने ऐनमा समेट्न ढिलाई गर्न नहुने खनालको भनाई छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya