वडाध्यक्षको पहलमा नलगाडका अवरुद्ध सडक सन्चालनमा

प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिकाको विभिन्न स्थानमा अविरल वर्षाका कारण अवरुद्ध सडक सन्चालनमा आएका छन । लामो समयदेखि सडक अवरुद्ध हुदा जनजीवन प्रभावित भएको थियो । अवरुद्ध सडक मर्मत पछि यातायातका साधन सन्चालनमा आएका छन ।

नलगाड ५ को कालिमाटी खन्टाकुरा देखि बारेकोट गाउँपालिका केन्द्र लिम्सासम्मको सडकमा यातायात सन्चालन भएको छ । खसेको पहिरो र खोलाले बगाई ल्याएर सडकमा थुप्रिएको ढुंगामाटो हटाएपछि यातायात अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको हो ।

उक्त सडक खण्ड मर्मत गरेपछि सडक सन्चालनमा आएको हो । सडक अवरुद्र बन्दा बिरामी र विद्यालय जाने बालबालिका,स्थानीयलाई पैदल हिँड्नुपर्ने बाध्यता छ । कालीमाटी कैना सडक, कालीमाटी पिपलचौर खालचौर, थाप्ला नेटीलेख गर्छीना सडक, छेप्का अनापानी सडक, छेप्का डाडागाउँ सडक, दल्ली तल्लुबगर सडक सन्चालनमा आएका छन ।

bhumi-sanrakshyan

पालिकाको केन्द्रलगायत जिल्ला बाहिर जाने सडक सन्चालन भएको छ । सडक सन्चालन भएपछि खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु ढुवानी गर्न सहज भएको छ ।
सडक अवरुद्ध हुँदा नगरवासीले समस्या ब्यहोर्नु परेको र आइतबारदेखि नगरपालिकाले डोजर लगाएर बाढी, पहिरोले क्षति पु¥याएको सडक मर्मत गरेर सडक सन्चालन गर्ने काम भएको नलगाड ४ वडा अध्यक्ष बद्री पन्तले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya