June 10 - 2023, Saturday२७ जेष्ठ २०८०, शनिबार

पाँचतारा र सेभ द चिल्ड्रेन सम्मानित

प्रवाह संवाददाता । जाजरकोट
छेडागाड नगरपालिकाले पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनलाइ सम्मान गरिएको छ । छेडागाड नगरपालिकाको १३ औं नगरसभा तथा छैटौ विधायन अधिवेशनको अवसरमा समृद्ध छेडागाड बनाउने अभियानमा विगत पाँच बर्ष देखि निरन्तर विकास साझेदारीको रुपमा रहेर काम गरेकामो कदर गर्दै उक्त सम्मान गरिएको हो । शिक्षा, वालसंरक्षण, बालअधिकार शासन तथा जिविकोपार्जनका विभिन्न गतिविधि मार्फत नगर पालिकाकाको बालवालिका तथा समग्र विकासमा योगदान गरेको भन्दै नगर प्रमुख रत्न खडकाले सम्मान पत्र प्रदान गरेका हुन् ।
कर्णाली प्रशेस, प्रदेश सभा सदस्य वेदराज सिंहको प्रमुख आतिथ्यमा भएको उद्घाटन सत्रमा उक्त सम्मान पत्र प्रदान गरिएको हो । अवसर, सहयात्रा, नेपाली युवाहरुको लागि स्वस्थ रुपान्तरण लगायतको परियोजना मार्फत शिक्षा, स्वास्थ्य, वालसंरक्षण तथा जिविकोपार्जनमा नगरपालिकाको प्राथमिकता तथा आवस्यक्तामा सहयोग निरन्तर भएको र आउदा दिनमा थप प्रभावकारी हुनेमा विश्वस्त रहेको नगर प्रमुख रत्न खड्काले बताए ।
प्रदेश सभा सदस्य सिंहले छेडागाड नगरपालिकाको प्रत्येक घरमा विद्युत, सञ्चार तथा मुख्य सडकलाइ कालोपत्रे गर्ने आफ्नो कार्यकालेको लक्ष्य रहेको तथा त्यस अनुसारको काम पनि सुरुवात भइ सकेको बताए । उनले छेडागाड नगरपालिको समग्र पक्षलाइ स्वचालित बनाउनको लागि आवस्यक निति तथा कानुनहरु पारित गर्दै समुन्नत पालिका बनाउने अभियानमा सफलताकोलागि शुभकामना समेत प्रदान गरे।
नगरसभा तथा छैटौ विद्यायन अधिवेशनको अवसरमा जिल्ला समन्वय समित प्रमुख, नगरपालिका स्थित राजनैतिक दरका प्रमुख तथा प्रतिनिधि नगर कार्यपालिकाको सदस्य सम्पुर्ण कर्मचारीहरुको उक्त अवसरमा उपस्थिति रहेको थियो । नगरसभालाइ सफल बनाउनको लागि सबैको सहभागिता तथा सहयोगको लागि धन्यवाद ज्ञापन गरे । उक्त नगरसभा फल्गुण १६ देखि १७ सम्म सञ्चालन हुने छेडागाड नगरपालिकाले जनाएको छ ।

Swasthya sewa karyalaya, jajarkot

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad