December 6 - 2022, Tuesday२० मंसिर २०७९, मंगलवार

जाजरकोटमा शक्ति बस्नेतको ह्याट्रिक

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत तेस्रो पटक निर्वाचित भएका छन् । नौ हजार ३१ मतान्तरले एमालेका निरज आचार्यलाई पराजित गदै बस्नेत विजयी भएका हुन ।

उनले ३४ हजार एक सय ५१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार एक सय २० मत पाए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित भएका थिए । बस्नेतले यो सँगै तीन पटक संदसदीय निर्वाचन जिते । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी जाजरकोटबाटै निर्वाचित भएका थिए । अघिल्लो चुनावमा एमालेको नेपाली काँग्रेसका राजिब विक्रम शाहलाई पराजित गरेका बस्नेतले यसपटक भने काँग्रेसकै सहयोगमा चुनाव जितेका छन् ।

नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका शक्ति बहादुर बस्नेत २०२८ साल वैशाख १ भेरी नगरपालिका– ०१ कालेगाउँमा जन्मिएका हुन् ।

२०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालिन नेकपा एकता केन्द्र (मशाल)मा आवद्ध भएका बस्नेत २०४८ सालमा तत्कालिन एकता केन्द्र (मशाल) राप्ती क्षेत्रीय समन्वय समिति सदस्य भए । २०४९ सालदेखि पार्टीको जाजरकोट जिल्ला सेक्रेटरीको भूमिकामा रहे ।

२०५१ साल देखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पश्चिम क्षेत्रिय व्यूरो सदस्यको जिम्मेवारीमा रहेर ग्रामिण वर्ग संघर्षको फिल्ड नेतृत्व गर्दै आएका थिए । उनी २०५५ सालमा नेकपा माओवादीको वैकल्पिक केन्द्रीय सदस्य भए भने २०५७ सालमा केन्द्रीय सदस्य भए ।
२०५९ सालमा पार्टी पोलिटव्यूरो सदस्य भएका शक्तिले भेरी कर्णाली, थारुवान जस्ता क्षेत्रीय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गरे ।

२०७१ सालमा स्थायी कमिटी सदस्य बनेका उनी हाल उपमहासचिव छन् । बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भए भने २०७२ सालमा गृहमन्त्री बने । २०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी वन तथा वातावरण मन्त्री थिए । उनले मेरै नेतृत्वमा जिल्लाको पुर्वाधार विकास र समृद्धिका लागि धेरै काम भएको बाँकी काम पनि आगामी ५ बर्ष भित्र पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad