December 6 - 2022, Tuesday२० मंसिर २०७९, मंगलवार

जाजरकोटमा कृषि विकासका लागि झण्डै १० करोड बजेट

राजेन्द्र कार्की । जाजरकोट

कृषि विकास कार्यालय जाजरकोटले चालु आर्थिक बर्षमा स्वीकृत बार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कार्यालयले चालु आवमा नौ करोड ८५ लाख ३३ हजार रुपैयाको स्वीकृत कार्यक्रम सार्वजनिक गरेको हो । स्थानिय तहमा कार्यरत कृषि शाखाका कर्मचारी तथा सरोकारवाला सँग अन्तरक्रिया तथा बार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख रविन धितालले बार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कार्यालयका अनुसार कर्णाली प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट चालु खर्च तर्फ चार करोड ८८ लाख ६३ हजार र पुँजीगत तर्फ तीन करोड ३० लाख ९० हजार रुपैया, कृषि विभाग संघबाट ससर्त अनुदान एक करोड २० लाख र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका लागि ४५ लाख ८० हजार गरि जम्मा नौ करोड ८५ लाख ३३ हजार रुपैयाको बार्षिक कार्यक्रम स्वीकृत भएको कार्यालय प्रमुख धितालले जानकारी दिए । प्रदेश सरकार अन्र्तगत गरीब तथा विपन्न बर्ग लक्षित बर्ग विशेष कार्यक्रमका लागि ४७ लाख, प्राराङ्गारिक कृषि प्रवद्र्धन, रैथाने बाली तथा पशुपन्छी कार्यक्रममा १६ लाख, भुमि ब्यवस्था तथा भुउपयोग तर्फ १२ लाख ५० हजार, कृषि पुर्वाधार विकास कार्यक्रम तर्फ २८ लाख, कृषि यान्त्रीकरण कार्यक्रममा १६ लाख ५० हजार, कृषि प्रविधि प्रर्वद्धन, कृषि प्रसार तथा खाद्य सुरक्षा तर्फ एक करोड २२ लाख, कृषि ब्यवसाय प्रर्वद्धन तर्फ एक करोड चार लाख रुपैयाको बजेट तथा कार्यक्रम स्वीकृत भएको छ ।


कृषि सिंचाई कार्यक्रम अन्र्तगत प्रदेश साँसदहरुको गोजीका ४७ वटा आयोजनामा तीन करोड ६ लाख रुपैया स्वीकृत भएको छ । चार लाख देखी १२ लाख रुपैया सम्मका साना सिंचाई आयोजनामा खर्च गर्ने भनिएपनि यी आयोजना अधिकाँश पुरा हुँदैनन् । पुरा भएपनि गुणस्तरीय हुदैनन् । कार्याकर्ता खुसी बनाउन साँसदको खल्तीबाट पहुँचका भरमा हालिएका यी आयोजनाको रकम बर्षेनी दुरुपयोग हुने गरेको स्थानियको भनाई छ ।

अन्र्तक्रिया कार्यक्रमका सहभागीले कृषिमा हरेक बर्ष अनुदान तथा बजेट बृद्धि हुँदै गएको तर प्रतिफल निस्कन नसकेको गुनासो गरेका थिए । वास्तिविक किसान सम्म अनुदान रकम पुग्न नसकेको र बर्षेनी टाँठाबाँठाकै हालिमुहाली हुने गरेको, प्रायः एउटै सहकारी, समुह र फर्मले लिने गरेको पत्रकार महासंघका जिल्ला अध्यक्ष बालकुमार शर्माले बताए । उनले दोहरोपना हुन नदिन कृषि क्षेत्रमा काम गर्ने सवै सरकारी तथा गैरसरकारी संघसंस्था बिच समन्वयको खाँचो रहेको बताए । कार्यक्रममा उठेका जिज्ञासा तथा सुझाबका बारेमा कार्यालय प्रमुख धितालले जवाफ दिएका थिए । सवैको निगरानी, खवरदारी र विगतका सिकाईबाट आगामी दिनमा राम्रो गर्ने हाम्रो लक्ष्य छ उनले भने ।

विउ उत्पादन तथा विउमा अनुदान, कृषि औजार खरीद अनुदान, ब्यवसाय प्रर्वद्धन, ब्यवसायिक तरकारी खेती प्रर्वद्धन, फलफुल तथा मौरी पालन ब्यवसायमा सहयोग, प्राङ्गारिक कृषि प्रवद्र्धन कार्यक्रम, कुटानी पिसानी मिल स्थापनामा अनुदान, फलफुल बगैचा सुदृढीकरण, चक्लाबन्दी खेती प्रवद्र्धन, रैथानेवाली तथा पशुपंक्षी संरक्षण तथा प्रबद्र्धन, फरक क्षमता भएका, एकल, विपन्न तथा दलित लक्षित वर्ग उत्थान लगायतका लोेकप्रिय कार्यक्रम बजेट तथा बार्षिक कार्यक्रममा मा समेटिएको कार्यालय प्रमुख धितालले जानकारी दिए ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा कार्यालयको महत्वपुर्ण भुमिका रहने भएकोले इमान्दारी पुर्वक काम गर्न निर्देशन दिए । जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले कृषिको बजेट सही सदुपयोग हुन पर्नेमा जोड दिए । कार्याक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ जाजरकोटको बार्षिक बजेट तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad