April 20 - 2024, Saturday७ बैशाख २०८१, शुक्रबार

नेकपा(बहुमत)का नेता पेस्तोल र ग्रिनेट सहित पक्राउ

टुकमाया घर्ती । जाजरकोट

नेपाल कम्युनिष्ट पार्टी(बहुमत)का एक नेता पेस्तोल र ग्रिनेट सहित जाजरकोटमा पक्राउ परेका छन् । नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नविन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लाष्टिक हेन्ड ग्रिनेट सहित जाजरकोट नलगाड ६ सिर्केबाट प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल एच.जि.लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लाष्टिक हेण्ड ग्रिनेट फेला पारि रीत पुर्वक बरामद र पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएकोमा सात दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले बताए ।

नेकपा (बहुमत)का जिल्ला इन्चार्ज धमिल र जिल्ला संयोजक महानले विज्ञप्ती प्रकाशित गरि योजनाबद्ध ढंगले हतियार भिराएर शाहीलाई गिरफ्तार गरेकोमा विरोध जनाएका छन् । पक्राउ परेका नेता नविनलाई विनासर्त रिहा गर्न विज्ञप्तीमा आग्रह समेत गरिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad