प्रवाह संवाददाता । जाजरकोट
नेपाल रेडक्रस सोसाईटी जाजरकोट शाखाको शनिवार खलंगामा सम्पन्न २२ औ जिल्ला सभाको अधिवेशनले दोस्रो कार्यकालका लागि पुनः हरिबहादुर बस्नेत सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला अधिवेशनले उपसभापतिमा शोभा सिंह र ज्ञानी प्रसाद शर्मा, मन्त्रीमा धिरेन्द्र बहादुर शाह, कोषाध्यक्षमा राजेन्द्र बहादुर कार्की, उपमन्त्रीमा जनक केसी, र उपकोषाध्यक्षमा तेजबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा सनतकुमार कार्की, खम्बजंग शाह, पशुपति जैसी, सत्यप्रसाद शर्मा, हरिषकुमार कार्की, दिपेन्द्र आरसी र सहदेव बस्नेत निर्वाचित भएका छन् । महिला सदस्यमा सीता जैसी, धर्माशिला बस्नेत र सरीता सिंह निर्वाचित भएको निर्वाचन अधिकारी रामलाल आचार्यले बताए । सवै सात पदाधिकारी र १० जना सदस्य सवै निर्विरोध निर्वाचित भएको आचार्यले बताए ।

यस अघि भएको बन्द सत्रमा मन्त्री धिरेन्द्र बहादुर शाहले प्रस्तुत गरेको साँगठनिक प्रतिवेदन र उपकोषाध्यक्ष पुर्णबहादुर खत्रीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । रेडक्रसका पुर्व केन्द्रिय सदस्य सनतकुमार कार्कीले ब्यानर पढेर जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले रेडक्रसमा स्वयमसेवी भावनाले काम गर्न र रेडक्रसको गरिमा बढाउन रेडक्रसकर्मीले निश्वार्थ भावनाले काम गर्नु पर्नेमा जोड दिए । केही बर्ष यता रेडक्रसका गतिविधि घट्दै गएकोमा चिन्ता समेत प्रकट गदै रेडक्रसकर्मीहरु मानवीय सेवामा लाग्नुपर्ने बताए । जिल्ला सभामा १० उपशाखा र जिल्ला शाखाका गरि ७५ जना प्रतिनिधी रहेका थिए । निर्वाचनका लागि केन्द्रबाट खटिएका रेडक्रस सुर्खेत शाखाका सभापति रामलाल आचार्य र कोषाध्यक्ष चेतन सुवेदीलाई नवनिर्वाचित सभापति बस्नेतले मायाको चिनो प्रदान गरेका थिए । नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकारी आचार्यले प्रमाण पत्र प्रदान गरेका थिए ।


